IME Life New

सीएनआईवाईईएफको टर्कीमा अन्तर्राष्ट्रिय बीटुबी भ्रमण, द्विपक्षीय हितका विषयमा छलफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ)ले पहिलोपटक टर्कीमा अन्तर्राष्ट्रिय बीटुबी भ्रमण सम्पन्न गरेको छ।

नेपालका युवा उद्यमीलाई अन्तर्राष्ट्रिय बजारमा जोड्ने, आपसी व्यापारिक सहकार्यको सम्भावना खोज्ने र नेपालको उद्यमशीलतालाई विश्वव्यापी रुपमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो भ्रमण गरिएको हो। सीएनआईवाईएफका अध्यक्ष आशिष अग्रवालको नेतृत्वमा आठजना युवा उद्यमीले टर्कीमा विभिन्न व्यवसायिक संस्था, उद्योगी तथा उद्यमीसँग भेटघाट तथा छलफल गरे। निर्माण, सूचना प्रविधि, स्वास्थ्य, वित्त, व्यापार तथा सेवा, कृषि र पर्यटनजस्ता विविध क्षेत्रका उद्यमी सहभागी उक्त टोलीले व्यापार, लगानी तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्यका अवसर खोजी गरेको छ।

Esewa
Crest

नेपाली युवा उद्यमी प्रतिनिधिले टर्कीका प्रमुख व्यावसायिक संघ–संस्था इस्तानबुल चेम्बर अफ कमर्श, टर्कीका युवा व्यवसायीहरुको संस्था टीयूजीआईएडी, अनातोलियन लायन्स व्यवसायी संघ (एएसकेओएन), स्वतन्त्र उद्योगी तथा व्यवसायीहरुको संस्था एमयूएसआईएडीसँग दुई देशबीचको साना तथा मझौला उद्योग (एसएमई) बीच सहकार्य, व्यापार प्रवर्द्धन र लगानी सम्भावना, उत्पादन व्यापार, कृषि प्रशोधन र औद्योगिक सहकार्य, निर्माण, पूर्वाधार तथा प्रविधिका क्षेत्रमा संयुक्त लगानी र सहकार्यका विषयमा छलफल गरे। त्यस्तै, दुई देशका युवा उद्यमीलाई आपसी बीटुबी नेटवर्क बनाउने अवसरसमेत प्राप्त भएको छ।

सीएनआईवाईएफका अध्यक्ष आशीष अग्रवालले भ्रमण निकै जानकारीमूलक र प्रेरणादायक रहेको बताए। यसले दीर्घकालीन साझेदारी, अन्तर्राष्ट्रिय सिकाइ र नयाँ बजारका अवसरका लागि ढोका खोलिदिएको उनको भनाइ छ।

टर्कीका व्यावसायिक संघ–संस्थाबाहेक पनि मञ्चले टर्कीस्थित गैरआवासीय नेपाली समुदायका सदस्यसँग अन्तरक्रिया गरेको थियो। त्यस अवसरमा डायस्पोरा लगानी, सल्लाहकार भूमिका, तथा गैरआवासीय नेपालीले नेपालमा बढ्दै गएको स्टार्टअप इकोसिस्टममा खेल्न सक्ने भूमिकाको विषयमा छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS