IME Life New

सीएनआईद्वारा नेपाल गुणस्तर तथा नापतौल विभागलाई प्रयोगशाला यन्त्र उपकरण हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नेपाल गुणस्तर तथा नापतौल विभागलाई प्रयोगशालाका लागि अत्यावश्यक विभिन्न यन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको छ । परिसंघले जुत्ता तथा गार्मेन्टको गुणस्तर परीक्षण गर्न आवश्यक करिब २० लाख रुपैयाँ बराबरका यन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको हो ।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका दौरान आगलागी तथा तोडफोडबाट विभागको प्रयोगशालामा क्षति पुगेको थियो । जसबाट जुत्ता तथा गार्मेन्टको गुणस्तर परीक्षणमा प्रयोग हुने उपकरणहरु पनि क्षतिग्रस्त हुँदा यससँग सम्बन्धित वस्तुको गुणस्तर परीक्षणमा विभागलाई कठिनाइ थियो ।

Esewa
Crest

उपकरण हस्तान्तरणपछि भने अब विभाग र जुत्ता तथा गार्मेन्ट उद्योग दुवैलाई सहज हुने भएको छ । माघ २७ गते मंगलबार नेपाल गुणस्तर तथा नापतौल विभागमा आयोजित कार्यक्रममा परिसंघले उक्त उपकरणहरु हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्वदेशी वस्तुको उत्पादन एवं बजारीकरणमा गुणस्तर प्रमाणीकरण अत्यन्त महत्त्वपूर्ण रहेको हुँदा उत्पादनको प्रमाणीकरण कार्यलाई सहज बनाएर निजी क्षेत्रका उद्यमीलाई व्यवसाय प्रवर्द्धनमा सघाउने उद्देश्यले विभागलाई जुत्ता तथा गार्मेन्टको गुणस्तर परीक्षणमा आवश्यक पर्ने यन्त्र तथा उपकरणहरु उपलब्ध गराइएको बताए ।

परिसंघबाट यस प्रकारको सहयोग निरन्तर रहने प्रतिवद्धता समेत व्यक्त गर्दै उनले यन्त्र उपकरणहरु ग्रहणका लागि विभाग एवं विभागका महानिर्देशकप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गरे ।

उक्त अवसरमा विभागका महानिर्देशक कुमारी ज्योति जोशी भट्टले जेनजी आन्दोलनका दौरान विभागमा नोक्सानी पुग्नुका साथै प्रयोगशालाका सामग्री तथा उपकरणहरु समेत नष्ट भएकाले स्वदेशी वस्तुहरुको गुणस्तर परीक्षण गर्न समस्या भइरहेको बताइन् ।

विभागमा गुणस्तर प्रमाणिकरणका लागि आफ्नै प्रयोगशालामा परीक्षण सुविधा उपलब्ध नहुँदा छिमेकी मुलुकमा स्याम्पल पठाउनु पर्ने र यसबाट परीक्षण लागत र समय दुवै धेरै लाग्ने जसले गर्दा वस्तुको समग्र उत्पादन लागत नै बढेर प्रतिस्पर्धी क्षमतामा धक्का पुग्ने महानिर्देशक भट्टले बताइन् ।

‘नेपाल उद्योग परिसंघले विभागको प्रयोगशालाका लागि आवश्यक यन्त्र उपकरणहरु उपलब्ध गराउने सम्बन्धमा लिएको पहलकदमीले जुत्ता तथा गार्मेन्टको गुणस्तर परीक्षण गर्न सहज हुनेछ । यसका लागि परिसंघलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं,’ उनले भनिन, ‘यस किसिमको पहलबाट सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रगाढ बनाउँदै लैजानेछ।’

उपकरण हस्तान्तरण कार्यक्रममा फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशनका अध्यक्ष सुरज बन्जाडे तथा परिसंघ र विभागका अधिकारीहरु लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS