IME Life New

सीएनआई र एमच्याम नेपालद्वारा ‘टेक पीक नेपालः ओर्लान्डो २०२५’ को सफल आयोजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) ले सहकार्यमा ‘टेक पीक नेपालः ओर्लान्डो २०२५’ अन्तर्राष्ट्रिय रोडशो सफलतापूर्वक सम्पन्न गरेको छ। यो कार्यक्रम नेपालको इतिहासमा अमेरिकामा आयोजित पहिलो अन्तर्राष्ट्रिय रोडशो हो जसले नेपाललाई आईटी–सम्बद्ध सेवा र आउटसोर्सिङको प्रमुख गन्तव्यका रूपमा प्रस्तुत गरेको छ। यस पहलले नेपाललाई विश्वव्यापी प्रविधि क्षेत्रको महत्वपूर्ण हिस्सा बनाउने सम्भावनालाई उजागर गरेको छ।

रोडशोमा नेपालका आईटी तथा आईटीईएस कम्पनीहरूले ‘सेयर्ड सर्भिसेस् एण्ड आउटसोर्सिङ वीक (एसएसओडब्लू) सम्मेलन २०२५’ मा एक विशेष नेपाल पवेलियन प्रस्तुत गरेका थिए। यस पवेलियनले नेपालका प्रमुख प्रविधि कम्पनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा परिचित गराउने महत्वपूर्ण अवसर प्रदान गर्‍यो। पवेलियनमा सहभागी भएका कम्पनीहरूमा ‘सक्ष’, ‘इनोभेट टेक’, ‘एफवान सफ्ट’, ‘सिमजुङ’, ‘सिनिकल टेक्नोलोजी’, र ‘मोनाल टेक’ प्रमुख रहेका छन्। यी कम्पनीहरूले आफ्ना नवप्रवर्तन र आउटसोर्सिङ क्षमताहरू अन्तर्राष्ट्रिय समुदायसामु प्रस्तुत गरे।

Esewa
Crest

नेपाल पवेलियनले विश्वप्रसिद्ध प्रविधिमुखी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै नेपाललाई एक ठूलो लगानीका लागि तयार गन्तव्यका रूपमा स्थापित गरेको छ। यस कार्यक्रमको नेतृत्व परिसंघ आईटी काउन्सिल सभापति र एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित शाहले गरेका थिए।

परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले भने, “टेक पीक नेपालः ओर्लान्डो २०२५ ले अन्तर्राष्ट्रिय प्लाटफर्ममा महत्वपूर्ण उपलब्धी हासिल गरेको छ। यस पहलमार्फत नेपालले सूचना प्रविधि र आउटसोर्सिङ उद्योगमा विशाल सम्भावना प्रस्तुत गरेको छ। यो मात्र एक शुरुवात हो, हामी नेपाललाई एक अग्रणी आईटीईएस हबका रूपमा स्थापित गर्न निरन्तर लागिरहनेछौं।”

एमच्याम नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठले पनि परिसंघ र एमच्याम नेपालबीचको सहकार्यले नेपालको आईटीईएस क्षेत्रमा नयाँ आयाम स्थापित गरेको बताए। यस रोडशोले सिर्जना गरेका अवसरहरूले नेपालमा थप लगानी र सहकार्यका ढोका खोल्नेछन् र नेपाललाई आउटसोर्सिङका लागि प्रमुख गन्तव्य बनाउनेछन्।

‘एसएसओडब्लू सम्मेलन २०२५’ मा एक हजार भन्दा बढी उद्योग विज्ञहरूले सहभागिता जनाएका थिए, जसले नेपाली प्रविधि कम्पनीहरूलाई अन्तर्राष्ट्रिय ग्राहक, लगानीकर्ता र रणनीतिक साझेदारहरूसँग सम्पर्क गर्ने अभूतपूर्व अवसर प्रदान गर्‍यो।

‘टेक पीक नेपालः ओर्लान्डो २०२५’ को प्रमुख उद्देश्य नेपाललाई एक भरपर्दो र प्रतिस्पर्धी आईटीईएस तथा आउटसोर्सिङ गन्तव्यका रूपमा स्थापित गर्नु हो। यस रोडशोले नेपालको डिजिटल रूपान्तरण यात्रामा महत्वपूर्ण कोशेढुंगा स्थापित गरेको विश्वास परिसंघको छ। यसले विदेशी लगानी प्रबद्र्धन, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्न मद्दत पुर्‍याउनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS