IME Life New

जलवायु परिवर्तनः विश्वमा वातावरणमैत्री बीमा उत्पादन आवश्यक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका पाँचमध्ये दुई बीमा उद्योग पेसेवरले बीमा कम्पनीहरुले वातावरणमैत्री बीमा उत्पादनहरु प्रदान गर्नु आवश्यक रहेको औँल्याएका छन्।

ग्लोबलडेटाका अनुसार सन् २०२५ को तेस्रो त्रैमासिक सर्वेक्षणमा १०० भन्दा बढी उद्योग उत्तरदातामध्ये ४१.९ प्रतिशतले हरित बीमा उत्पादन धेरै आवश्यक रहेको बताएका हुन्। जब कि १६.२ प्रतिशतले हरित बीमा मध्यम रुपमा महत्वपूर्ण रहेको बताएका छन्।

Esewa
Crest

त्यस्तै ३०.५ प्रतिशत उत्तरदाताले त्यस्ता उत्पादन आवश्यक नभएको बताएका छन्।

ग्लोबलडेटाकै सन् २०२४ उपभोक्ता सर्वेक्षणमा ५१.३ प्रतिशत उत्तरदाताले जलवायु परिवर्तनलाई सम्बोधन गर्न बीमा कम्पनीहरुको भूमिका रहेको विश्वास व्यक्त गरेका थिए भने ५९.१ प्रतिशतले बलियो वातावरणीय प्रतिबद्धता भएको कम्पनीको नीतिका लागि बढी तिर्ने जबाफ दिएका थिए। लगभग २९.६ प्रतिशतले ५ प्रतिशतसम्म बढी बीमा शुल्क तिर्ने बताएका थिए।

हरित बीमा उत्पादनहरु प्रस्ताव गर्नाले बीमकहरुलाई जलवायु जोखिमहरु व्यवस्थापन गर्न पनि मद्दत गर्न सक्छ। ‘किनकि बाढी र डढेलोजस्ता चरम मौसमी घटनाहरुले दाबीहरु बढाउँछन्’, विश्लेषकहरु भन्छन्।

उदाहरणहरुमा ऊर्जा अनुकूलित घर र कारहरुका लागि छुट वा दिगो निर्माण सामग्रीहरुको प्रयोग समावेश छ। नियामक दबाब पनि बढ्दै गएकोले सरकारहरुले ईएसजी अनुपालन र खुलासाको माग गरिरहेका छन्। विश्वसनीय वातावरणीय अभ्यासहरु भएका बीमा कम्पनीहरुले आफ्नो प्रतिष्ठा बलियो बनाउन, ग्राहकसँग विश्वास निर्माण गर्न र उच्च प्रिमियमलाई औचित्य प्रदान सक्छने छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS