IME Life New

बैजनाथका ५ विद्यालयमा जलबायु सचेतना कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालगञ्ज जलबायु परिवर्तनका लागि बिद्यालय स्तरमा सचेतना कार्यक्रमको आज सरोकारवालाहरु सँग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बास नेपालको आयोजना तथा बैजनाथ गाउँपालिकाको सहयोगमा बैजनाथ गाउँपालिकाका ५ वटा बिद्यालयमा सञ्चालन हुने उक्त सचेतना कार्यक्रमको आज एक अनौपचारीक कार्यक्रमको आयोजना गरी बिद्यालयका प्रधानाध्यापक र वडा अध्यक्षहरुसँग छलफल गरिएको हो ।

Esewa
Crest

बढि भन्दा बढि बिद्यार्थी तथा बिद्यार्थीहरु मार्फत अभिभावक लाई सन्देश प्रबहा गर्ने, कार्यक्रम संचालित बिद्यालयलाई जलवायु मैत्रि र हरित बिद्यालयको अवधारणा अनुरूप अगाडि बउाउने उद्धेश्यका साथ सञ्चालन हुन लागेको उक्त कार्यक्रममा बेजनाथ गाउँपालिका अन्तर्गतका सुर्योदय माबि, सुन्दर आधारभुत बिद्यालय, सिंह भवानी आधारभुत बिद्यालय, नेरामा.बि र गुरुवागाउँ माबिमा जलवायु परिबर्तन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुनेछ ।

असार मसान्त सम्म सञ्चालन हुने उक्त कार्यक्रममा ४०० शेषण चल्ने छ । कार्यक्रममा बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरु, शिक्षकहरु, वडा नम्बर १ र ५ का वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

बास नेपालको कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रममा स्वागत तथा उक्त कार्यक्रमको उद्धेश्यमाथि प्रकास पारेका थिए भने बास नेपालका कार्यक्रम संयोजक शोभा थापा मगरले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS