IME Life New

नागरिक सरकार: जेनजीको एउटा समूहले सुशीलाको नाम प्रस्ताव गर्दा अरुले चाहे बालेन वा हर्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई दिनको आन्दोलनपछि परम्परागत दललाई सत्ताबाट हटाउन सफल जेनजी पुस्ताबीच नै किचलो हुँदा अन्तरिम सरकारको नेतृत्व कसले गर्ने विषयमा अन्यौलता सिर्जना भएको छ।

जंगीअड्डामा आज साँझ भइरहेको वार्तामा एउटा समूहले पूर्वन्यायाधीश सुशीला कार्कीलाई नागरिक सरकारको नेतृत्वको जिम्मेवारी दिने प्रस्ताव गर्दैगर्दा बाहिर रहेका युवाले भने काठमाडौंका महानगरपालिकाका मेयर बालेन साह वा धरान उपमहानगरपालिका मेयर हर्क सम्पाङलाई नेतृत्वको भूमिकामा राख्नुपर्ने अडान राखेका छन्। यति बेला जंगीअड्डाबाहिर युवा समूहले दुवै मेयरमध्ये एकजनालाई नागरिक सरकारको जिम्मेवारी दिनुपर्ने भन्दै नारावाजी गरिरहेका छन्।

Esewa
Crest

नेपाली सेनाको जंगीअड्डामा आज भएको छलफलमा जेनजीका प्रतिनिधिले पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम नागरिक सरकार बनाउन प्रस्ताव गरेको हो। यो प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलले विचार गरिरहेको स्रोत बताउँछ। किनकि जेनजीको अर्को समूहले भने काठमाडौं महानगरपालिकाका मेयर साहको नाममा अडिग रहेको छ।

अब प्रधानसेनापति सिग्लले पूर्वप्रधानन्यायाधीश कार्कीसँग जेनजीको प्रस्तावबारे कुराकानी गर्ने स्रोत बताउँछ। ‘आज दिनभर जनेजी युवाले सामाजिक सञ्जालमा कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल गरेका थिए’, स्रोत भन्छन्, ‘छलफलमा दुइटा नाम आएको थियो, एउटा सुशीला कार्की र अर्को बालेन साह। तर, कार्कीको पक्षमा बलियो मत प्रस्तुत भएको छ।’

स्रोतका अनुसार छलफलमा धेरै युवाले काठमाडौं महानगरका मेयर साहको नामसमेत प्रस्ताव गरेका थिए । तर, साह पटकपटक फोन गर्दा पनि सम्पर्कमा नआएनन्।

आज बिहान जेनजी प्रतिनिधि वार्ताका लागि प्रधानसेनापति सिग्देलसमक्ष पुगेका थिए। तर सिग्देलले पहिले आपसमा सहमति गरेर आउन भनेपछि उनीहरु फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS