IME Life New

सिटी वालेट र छिटो पैसा डिजिटल वालेट पनि आपसमा गाभिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भुक्तानी सेवा प्रदायक अनुमति पत्र प्राप्त संस्थाहरु सिटी वालेट प्रा. लि. र छिटो पैसा प्रा. लि. आपसमा गाभिएर बैशाख ३ गतेदेखि एकीकृत कारोबार शुरू गर्दैछन् ।

नेपाल राष्ट्र बैंकका अुनसार, दुबै सेवा प्रदायकहरू एक आपसमा गाभिई साबिकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायीत्व गाभिए पश्चात् बन्ने संस्थामा सर्ने गरी गाभ्न गाभिनका लागि अन्तिम स्वीकृति दिइएपछि एकीकृत कारोबार शुरू गर्न लागेका हुन् ।

Esewa
Crest

राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै, यी दुबै संस्थाले एकीकृतरुपमा ‘सिटी वालेट प्रा. लि.’ को नामबाट कारोबार सञ्चालन हुने भएका छन् ।

यसअघि नेपालमा डिजिटल वालेट क्षेत्रमा मर्जरको शुरूवात भइसकेको छ। दुइ डिजिटल वालेट ‘खल्ती’ र ‘आईएमई पे’ गाभिएर ‘खल्ती बाई आईएमई’ को रूपमा सञ्चालनमा आइसकेको छ।

‘सिटी पे’ वालेट सिटी एक्सप्रेसद्वारा प्रवर्द्धित सिटी वालेट प्रालिले सञ्चालन गरिरहेको कम्पनी हो । यसबाहेक ‘छिटो पे’ वालेटमा ‘पठाओ नेपाल’ का प्रवर्द्धकहरू संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS