IME Life New

सिटिजन्स बैंकद्वारा आवाज नेपाललाई सरसफाइ तथा उपभोग्य सामग्री सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशको सुर्खेतस्थित आवाज नेपाललाई सरसफाइ तथा उपभोग्य सामग्री सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

एकल महिला, बालबालिका, मानव ओसारपसार, घरेलु हिंसा र द्वन्द्व प्रभावितहरूका अधिकार र सशक्तिकरणका क्षेत्रमा क्रियाशील सो संस्थाले करिब ४० जना महिला र बालबालिकालाई सेवा दिँदै आएको छ।

Esewa
Crest

बैंकले करिब दुई महिनासम्म पुग्ने सामग्रीहरू प्रदान गरेको छ। सहयोग हस्तान्तरण सुर्खेतमै आयोजित एक समारोहका बीच सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै पोखरेलले बैंकको सानो प्रयासबाट समाजमा सकारात्मक प्रभाव परेको देख्दा खुसी लागेको बताए। उनले आवाज नेपालजस्ता संस्थाहरूले समाजमा एकल महिला र बालबालिकाको अधिकार संरक्षणका लागि उदाहरणीय भूमिका खेलेको उल्लेख गरे।

आवाज नेपालले विगत लामो समयदेखि मानव अधिकार, महिलाको सशक्तिकरण, बाल अधिकार, न्याय प्राप्ति तथा मानव ओसारपसार विरुद्धको चेतनामूलक काम गर्दै आइरहेको छ।

बैंकले यस सहयोगमार्फत सामाजिक दायित्वबोधलाई व्यवहारमा उतार्दै, सामाजिक न्यायमा पहुँच कम भएका वर्गका लागि सहयोग पुर्‍याउने उद्देश्य राखेको जनाएको छ।

सिटिजन्स बैंकले विगतमा पनि शिक्षा, स्वास्थ्य, वातावरण र सीप विकास लगायत विभिन्न क्षेत्रमा सामाजिक अभियानहरू सञ्चालन गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS