काठमाडौं । सिटिजन्स बैंकले १ खाता, १ रुख अभियान अन्तर्गत विश्व वातावरण दिवस २०२६ को अवसरमा वृक्षरोपण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार बुढानीलकण्ठको चौकीडाँडा पर्यटकीय पार्कमा बृहत वृक्षारोपण सम्पन्न गरेको हो ।
उक्त पार्कमा करिब २५० विभिन्न प्रजातिका विरुवाहरू रोपिएको छ भने देशव्यापी रूपमा अन्य प्रदेशहरूमाः कोशी २०० वटा, मधेश २५० वटा, गण्डकी २०० वटा, लुम्बिनी २०० वटा, कर्णाली २०० वटा र सुदूरपश्चिम २०० वटा गरी कुल १५०० वटा वृक्षारोपण गरिएको बैंकले जनाएको छ ।
यस कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, बुढानीलकण्ठ वडा कार्यालय – १ का अध्यक्ष सुरेन्द्र लामा तथा बैंकका उच्च व्यवस्थापन लगायतका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वास्थ शिविर सन्चालन एंव समुदायिक विद्यालयमा सहयोगहरु समेत गरिसकेको छ ।












