IME Life New

नागरिक लगानी कोषको ब्याज आम्दानीमा ३२%को संकुचन, सामान्य बढ्यो नाफा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म कोषले ८९ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कोषले ८८ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कोषको नाफा १.८८ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म कोषको ब्याज आम्दानी ३२.०३ प्रतिशतले घटेर २४ करोड १ लाख रुपैयाँमा खम्चिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कोषको ब्याज आम्दानी ३५ करोड ३२ लाख रुपैयाँ थियो। यो ९ महिनामा कोषले सेवा शुल्क तथा कमिसनबापत १ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब ४ करोड १७ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ रहेको कोषको जगेडा कोषको आकार १३.२१ प्रतिशतले बढेर ३ खर्ब ७२ करोड १४ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा कोषको जगेडामा २ खर्ब ६५ अर्ब ६१ करोड ३४ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कोषको कुल लगानी २ खर्ब ७८ अर्ब ४३ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कोषको कुल लगानी २ खर्ब ३६ अर्ब ८० करोड रुपैयाँ थियो।

कोषको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेर १८.४९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस २२.१४ रुपैयाँ थियो। लगानीमा प्रतिफल ५.६९ प्रतिशत रहेको कोषको प्रतिसेयर नेटवर्थ १४७.४५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS