IME Life New

नागरिक लगानी कोषबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. ५१ लाख योगदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहातलगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

उक्त रकमबराबरको चेक नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले आज शुक्रबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन्। सो अवसरमा अर्थ सचिव डा. घनश्याम उपाध्याय, सहसचिव उत्तरकुमार खत्रीलगायत नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीसमेतको उपस्थिति रहेको थियो।

Esewa
Crest

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्याएको योगदानका लागि अर्थमन्त्री खनालले नागरिक लगानी कोषलाई धन्यवाद दिए।

उक्त रकमसहित आजको मितिसम्म कोषमा १४ करोड ०७ लाख जम्मा भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS