IME Life New

पोखरा विमानस्थलको भ्रष्टाचार छानबिनको जिम्मा अख्तियारलाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोखरा विमानस्थलको निर्माणमा भ्रष्टाचार सम्बन्धमा संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदनमा आधारमा अनुसन्धान गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने भएको छ।

बुधबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूबीच वादविवादका बीच बैठकले भ्रष्टाचार भएको निष्कर्ष सहित छानबिनका लागि आयोगलाई निर्देशन दिने निर्णय गरेको हो।

Esewa
Crest

लेखा समितिमा झण्डै चार घण्टासम्म यो विषयमा छलफलपछि सांसद राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदन बैठकले  पारित गरेको थियो । लेखा समितिले उपसमितिका सांसद गोकुल बास्कोटा र तारा लामाको फरक मतसहितको प्रतिवेदन स्वीकारेको हो ।

बैठकमा प्रतिवेदन पारित गरेर अख्तियारलाइ सुम्पनुपर्ने र अर्का थरीले पहिले स्पष्टीकरण र थप छानबिन पछि मात्र अख्तियारमा पठाउनुपर्ने राय राख्ने सांसदहरूबीच केही समय विवाद समेत भएको थियो।

सांसदहरू योगेश भट्टराई, गोकुल बास्कोटा, तारा लामा, श्याम घिमिरेले संलग्न देखिएकाहरूमाथि सोधपुछ गर्नुपर्ने र हचुवाको भरमा कसैलाई दोषी किटान गर्न नहुने धारणा राखेका थिए । अर्कोतर्फ,  उपसमिति संयोजक राजेन्द्र लिङ्देन, अर्जुननरसिंह केसी, प्रेम आले, अमरेशकुमार सिंहले प्रतिवेदन हुबहु पारित गरेर अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई हस्तान्तरण गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS