IME Life New

साढे ३ घन्टा धितोपत्र बोर्डमा अख्तियारको टोली, त्रासमा कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । अख्तियारी दुरुपयोग अनुसन्धान आयोगको टोली बुधबार एक्कासि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पुगेपछि कर्मचारीमा त्रासको वातावरण सिर्जना भएको छ।

पछिल्लो समय बजारमा हाइड्रोपावर कम्पनीको आइपीओ रोकियो र निष्कासन अनुमतिका लागि ५–७ प्रतिशतसम्म सेबोन अध्यक्ष सन्तोष नारायण श्रेष्ठको नाम लिएर केही मान्छेले कमिसन मागेको भन्ने खबरहरु बाहिरिएको थियो। अख्तियारको टोलीले यही कमिसनको विषयलाई लिएर उजुरी परेपछि धितोपत्र बोर्डमा अनुसन्धानका लागि पुगेको स्रोत बताउँछ।

Esewa
Crest

सेबोनका स्रोतका अनुसार ३ जनाको समूहमा रहेको अख्तियारको टोली मध्याह्न १२ बजे सेबोनको कार्यालयमा प्रवेश गरेको थियो। करिब साढे ३ घन्टासम्म टोलीले धितोपत्र बोर्डको नियमन महाशाखाका कर्मचारीलाई सोधपुछ गर्नुका साथै अध्यक्ष श्रेष्ठलाई पनि भेटेका थिए।

सेबोन स्रोतका अनुसार अख्तियारको टोली आएपछि सबै कर्मचारीमा त्रासको वातावरण सिर्जना भएको थियो। ‘एक्कासि अख्तियारको टोली सामान्य पत्र लिएर सोधपुछ गर्नुछ भन्दै प्रवेश गरेपछि हामी हड्बडमा पर्यौँ’, धितोपत्र बोर्डका एक अधिकारीले भने, ‘बाहिर खबरहरु त्यस्तै आउने र अख्तियारको टोली छापामारशैलीमा प्रवेश गर्दा ठूलै आतंक मच्चियो।’

ती अधिकारीका अनुसार अख्तियार टोलीले करिब ३ घन्टा नियमन महाशाखाका प्रमुख मुक्तिनाथ श्रेष्ठ र महाशाखामा कार्यरत अन्य कर्मचारीसँग सोधपुछ गरेका थिए। ‘उनीहरुले विशेषगरी हाइड्रोपावर कम्पनीको आइपीओ अनुमतिमा कमिसन मागेको भन्ने विषयमा सोधपुछ गरेका थिए’, ती अधिकारीले भने, ‘अनि अहिले पाइपलाइनमा रहेका ८९ वटा कम्पनीको आइपीओ स्ट्याट्सका विषयमा बुझेका थिए।’

अख्तियारको टोलीले कुनै कागजपत्र भने नलगेको ती अधिकारीले बताए। ‘अख्तियारी टोलीले सोधपुछ गर्ने काममात्र गरेको हो, अब फेरि आउने सक्ने छाँटकाँट छ’, ती अधिकारीले भने, ‘अध्यक्ष श्रेष्ठसँग पनि केही समय कुराकानी गरेर अख्तियारको टोली फर्कियो।’

यसरी अख्तियारको टोली आउँदा धितोपत्र बोर्डमा खैलाबैला मच्चिएको ती अधिकारीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS