IME Life New

वीरगन्जका ३ वडामा फैलियो हैजा, ४० जना बढीमा पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका ३ वटा वडामा हैजा फैलिएको छ। हालसम्म ४० जनाभन्दा बढी स्थानमा हैजा पुष्टि भएको छ।

गत शुक्रबार राति मुर्ली टोलका बासिन्दा झाडापखालाको संक्रमण देखिएपछि महानगरको सहकार्यमा नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयको पहलमा हाल वडा नं. ११, १३ र १६ वडामा संक्रमण नियन्त्रणका लागि तीव्रगतिमा नियन्त्रण रोकथामको कार्य गरिरहेका छन्।

Esewa
Crest

हालसम्म हैजा वडा नं. ११, १३ र १६ का ४० जनाभन्दा बढीमा हैजा पुष्टि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। उनीहरुको तराई अस्पतालमा उपचार भइरहेको छ।

झाडापखालाबाट हालसम्म १५० जना स्थानीय बिरामी परेका छन्। उनीहरुको अस्पतालमा उचार भइरहेको कार्यालयले जनाएको छ।

संक्रमणको फैलावट रोक्न र संक्रमित वडाका बासिन्दालाई सुरक्षित राख्न सबै जनशक्ति, साधन र स्रोत परिचालन गर्न महानगरले निर्देशन दिएको छ। महानगरले ३२ वटै वडाका स्वास्थ्यकर्मीलाई बोलाएर संक्रमण फैलिएको क्षेत्रमा प्राथमिकताका आधारमा परिचालन गरेको छ। आकस्मिक अवस्था व्यवस्थापनका लागि स्वास्थ्यकर्मी, औषधि, एम्बुलेन्स तथा अन्य सवारीसाधन पनि स्ट्यान्डबाईमा राखिएको छ।

कार्यालयका अनुसार अहिले वीरगन्जको १ देखि १६ नम्बर वडा बढी जोखिमयुक्त क्षेत्र मानिएको छ। महानगरले हेल्प डेस्क र सूचना केन्द्र समेत स्थापना गरेर संक्रमण नियन्त्रणलाई सहज बनाउन विशेष पहल गरेको छ।

हैजा फैलिएसँगै वीरगन्जको सबै शिक्षण संस्था आज र भोलि दुई दिन बिदा दिइएको छ। हैजाको संक्रमण देखिएको ११ ठाउँका पानीको नमुना परीक्षणका लागि टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ। नमुना परीक्षणको रिपोर्ट आजै सार्वजनिक हुने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS