IME Life New

चितवन, धादिङ र तनहुँ प्रशासनको संयुक्त अपिलः भारी वर्षाको पूर्वानुमानबीच यी सावधानी अपनाउनुस्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई ध्यानमा राख्दै चितवन, धादिङ र तहुँदा जिल्ला प्रशासन कार्यालयले सर्वासधारणका लागि संयुक्त सतर्कता अपिल जारी गरेका छन्।

तीनवटै जिल्लाका स्थानीय प्रशासनले विभागले आज असोज १७ गतेदेखि असोज २० गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान गरको र यो पूर्वानुमानबमोजिम वर्षा भएमा सडक आवगमन थप जोखिमयुक्त हुन सक्ने सम्भावनलाई ध्यानमा राखेर यी सर्तकर्ता अपनाउनु संयुक्त रुपमा अपिल गरेका हुन्।

Esewa
Crest

भारी वर्षा हुने पूर्वानुमान गरिएको समयमा (आगामी असोज २० गते)सम्म अत्यावश्यकबाहेक यात्रा नगर्न, यात्रा गर्नुपर्दा दिनको समयमा आआफ्नो गन्तव्यमा पुग्ने गरी गर्न तथा रातको समयमा यात्रा नगर्न अनुरोध छ। यात्रा गर्नुपर्ने अवस्थामा सुरक्षा निकायहरुबाट आवश्यक जानकारी लिएर मात्र गर्न अनुरोध गरिन्छ।

उल्लेखित समयसीमाभित्र अत्यावश्यकबोहक मालबाहक ठूला सवारीसाधन नचलाउन ।

पूर्वानुमानबमोजिम वर्षा भएको खण्डमा वा त्यस्तो सम्भावना देखिएमा स्थानीय प्रशासनबाट राजमार्गहरुबाट आवागमन बन्द गर्नुपर्ने अवस्था समेत आउन सक्ने भएकोले त्यस्तो अवस्थातर्फ सचेत एवं सर्तक रही आवश्यक सहयोग गरिदिन सबैमा अपिल।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS