IME Life New

चिनियाँ वैज्ञानिकहरुले चमेरोमा फेला पारे २० वटा नयाँ भाइरस, विश्वमा फेरि अर्को महामारीको खतरा !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिनियाँ वैज्ञानिकहरुले चमेरोमा २० वटा नयाँ भाइरस पत्ता लगाएका छन्। जसमध्ये दुई घातक भाइरस निपाह र हेन्ड्रासँग धेरै मिल्दोजुल्दो छन्। यी दुवै भाइरसले मानव मस्तिष्कमा गम्भीर सुजन निम्त्याउँछन् र श्वासप्रश्वाससम्बन्धी रोगहरु पनि निम्त्याउँछन्।

पीएलओएस प्याथोजेन्स पत्रिकामा प्रकाशित एक रिपोर्टअनुसार चमेरोको पिसाबले मानिस र जनावरमा रोग फैलाउने जोखिम निम्त्याउन सक्छ।

Esewa
Crest

युनान इन्स्टिच्युट अफ एन्डेमिक डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसन्धानकर्ताहरुले सन् २०१७ र २०२१ बीचमा संकलन गरिएका १० प्रजातिका १४२ चमेरोबाट मिर्गौलाको नमुना जाँच गरे। यस अनुसन्धानमा २२ भाइरस फेला परे। जसमध्ये २० वटा यस्ता थिए, जसका बारेमा पहिले कसैलाई कुनै जानकारी थिएन। मानिसहरुको चिन्ता बढाउने दुई भाइरस युनान ब्याट हेनिपाभाइरस १ र २ थिए। जुन हेन्ड्रा र निपाह भाइरससँग धेरै मिल्दोजुल्दो छन्। यी दुवै भाइरस मानिस र जनावरहरुका लागि धेरै घातक साबित हुन्छन्।

वैज्ञानिकहरुले अध्ययनमा पत्ता लगाए कि यी भाइरस चमेरोको पिसाबबाट फैलिन सक्छन् र यही कुराले उनीहरुलाई चिन्तित बनाउँछ। यी भाइरसहरु पिसाब उत्पादन गर्ने मिर्गौलामा फेला परेका थिए। यस्तो अवस्थामा तिनीहरु विश्वास गर्छन् कि यो पिसाबबाट फैलिन सक्छ। यदि चमेरोको बासस्थान नजिकैको फलफूल वा पानी फोहोर भयो भने यो भाइरस त्यसमार्फत मानिस वा जनावरमा फैलिन सक्छ।

अध्ययनका क्रममा वैज्ञानिकहरुले नयाँ प्रोटोजोआ परजीवी (क्लोसिएला युनानेन्सिस) र पहिले कहिल्यै नदेखिएको ब्याक्टेरिया फेला पारेका छन्। जसलाई फ्लाभोब्याक्टेरियम युनानेन्सिस भनिन्छ।

हाल कुनै पनि प्रकारको महामारी फैलिने खतरा छैन। तर, यो अध्ययनपछि भाइरोलोजिस्टहरु धेरै चिन्तित छन्। विज्ञहरु भन्छन्, ‘यो एउटा गम्भीर कुरा हो कि खतरनाक भाइरसहरु अझै पनि प्रकृतिमा लुकेका छन्। चिन्ताजनक कुरा यो हो कि आज भन्दा पहिले कहिल्यै पनि यो भाइरस पिसाबबाट पनि फैलिन सक्छ भन्ने कुरा याद गरिएको थिएन। हाल कुनै पनि रोग फैलिएको प्रमाण छैन,। तर, जनावरबाट मानिसमा भाइरस फैलिने खतरा अझै पनि कायम छ।’

प्रकृतिलाई नष्ट गरेर मानिसहरुले त्यहाँ आफ्नो घर बनाइरहेका छन्। जसका कारण अब मानिस र जंगली जनावरहरु एक–अर्काको सामना गर्न थालेका छन्। यसको प्रमुख कारण जलवायु परिवर्तन पनि हो।

यी चमेरोहरुले गाउँनजिकै अवस्थित फलफूलको बगैंचामा आफ्नो घर बनाइरहेका थिए। यो त्यस्तो क्षेत्र हो, जहाँ तिनीहरु सजिलै मानिसहरुको सम्पर्कमा आउन सक्छन्। वास्तवमा यी चमेरोले फलफूल दूषित गरेर पनि मानिसहरुलाई संक्रमित गर्न सक्छन्। अनुसन्धानले देखाएको छ कि फोहोर फलफूल वा पानीबाट मिर्गौला क्षति हुने जोखिम हुन सक्छ।

विज्ञहरुले यसको फैलावट रोक्न केही सजिलो तरिकाहरु सुझाव दिएका छन्। जुन पालना गर्न सकिन्छ।

  • वैज्ञानिकहरुले चमेरोका सबै अंगहरुलाई अझ नजिकबाट जाँच गर्नुपर्नेछ। विशेषगरी तिनीहरुको मिर्गौला।
  • स्थानीय जनस्वास्थ्य पूर्वाधार सुधार गर्नुहोस्।
  • मानिसहरुलाई खानुअघि फलफूल धुन वा छोप्न र पानी उमाल्न सचेत गराउनुहोस्।
  • देशमा महामारी फैलिनबाट रोक्न जंगली जनावरहरुमा नजर राख्नु महत्त्वपूर्ण छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS