काठमाडौं । चीनका विद्युतीय सवारीसाधन (ईभी) बीमा कम्पनीहरुले बढ्दो प्रिमियम र एआई प्रविधि अपनाएर नाफा रिकभरीको संकेत देखिरहेका छन्।
बीमा कम्पनीहरुका लागि फाइदाहरुमा उच्च प्रिमियम, बुद्धिमान मूल्य निर्धारण संयन्त्र र सुधारिएको दाबी ह्यान्डलिङ दक्षता समावेश छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार चेचे ग्रुपजस्ता इन्सुरटेक कम्पनीहरुले मूल्य निर्धारण र दाबी व्यवस्थापनका लागि एआई प्रयोग गरिरहेका छन्। जसले जोखिम र सञ्चालन लागत दुवै कम गर्न मद्दत गर्दछ।
चेचे ग्रुप चीनमा अटोमोबाइल बीमाका लागि सबैभन्दा ठूलो स्वतन्त्र प्रविधिमा सञ्चालित प्लेटफर्म हो। ईभी मालिकहरु विशेषगरी युवा चालकले पेट्रोल कार मालिकहरुभन्दा कम्तीमा २० प्रतिशत बढी प्रिमियम तिर्छन्। जसले ईभी र राइड–हेलिङ सेवाहरुसँग सम्बन्धित उच्च मर्मत लागत र दुर्घटना जोखिमलाई प्रतिविम्बित गर्दछ।
चिनियाँ राष्ट्रिय वित्तीय नियामक प्रशासनको तथ्यांकले यो पनि देखाउँछ कि बीमा कम्पनीहरुले गत वर्ष ईभी पोलिसीहरुबाट २०० अर्ब चिनियाँ येनभन्दा बढी प्रिमियम कमाएका थिए। जुन सन् २०२४ को तुलनामा ३० प्रतिशतले बढी हो। –एजेन्सी












