IME Life New

प्रविधिको क्षेत्रमा चीनको अर्को फड्को, अन्तरिक्षमै साैर्य उर्जा उत्पादन स्टेशन बनाउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नविनत्तम प्रविधिको विकास र प्रयोगमा आक्रामक देखिंदै आएको छिमेकी मुलुक चीनले नविकरणीय उर्जाको उत्पादनको क्षेत्रमा अर्को एउटा अद्वितीय परियोजना निर्माण गरिरहेको छ।

चिनियाँ आम सञ्चार माध्यम साउथ चाइना मर्निङ पोष्टका अनुसार, चीनले अन्तरिक्षमा एक किलोमिटर फराकिलो उर्जा स्टेशन विकसित गरिरहेको छ। यो स्टेशनको विकास कार्यका लागि वैज्ञानिकहरूले चीनको विशाल थ्री गोर्जेज बाँधलाई अन्तरिक्षमा स्थापित गरे झैं हुनेछ।

Esewa
Crest

पृथ्वीबाट ३६ हजार किलोमिटर दूरीमा रहने यो स्टेशनले दिन रात, बादल, वर्षाको प्रभावबाट विल्कुलै मुक्त रहेर साैर्य उर्जा प्राप्त गरेर माइक्रो वेभ प्रविधिमार्फत पृथ्वीमा उर्जा पठाउनेछ।

यो परियोजनाले पृथ्वीमा निर्मित भू साैर्य प्यानेलको उर्जा क्षमताभन्दा १० गुणा बढी प्रभावकारी हुनेछ। यसले विश्वमा वर्षभरमा उत्पादन हुने पेट्रोलियम इन्धन बराबर उर्जा उत्पादन गर्ने बताइएको छ।

सन् २०१९ मा चीनको छाेङकिङबाट लंग मार्च ९ रकेटको प्रक्षेपणसँगै यो परियोजनाको निर्माण शुरू भएको हो।

यो महत्वकांक्षी परियोजना स्वच्छ उर्जा उत्पादनमा एक महत्वपूर्ण कदमको साथै वैश्विक नविकरणीय उर्जा उत्पादनलाई नयाँ दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS