IME Life New

चीनमा भेटियो हालसम्मकै ठूलो सुनको भण्डार, अर्थतन्त्र आउनेछ बहार !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभर सुनको भाउले उचाइ लिइरहँदा चीनको हातमा भने ठूलो खजाना हात परेको छ। चिनियाँ वैज्ञानिकहरुले देशमा हालसम्मकै ठूलो सुनको भण्डार पत्ता लगाएका हुन्।

पछिल्लो ७० वर्षयताकै चीनमा यो ठूलो खोज रहेको बताइएको छ। यो भण्डारमा करिब १ हजार ४४४ टन सुन हुन सक्ने अनुमान गरिएको छ।

Esewa
Crest

चीनको प्राकृतिक संसाधन मन्त्रालयले लिओनिङ प्रान्तको दार्दोगगौमा सुनको भण्डार भेटिएको पुष्टि गरेको छ। सन् १९४९ मा पिपुल्स रिपलब्लिक अफ चाइनाको स्थापनापछि चीनमा सुनको सबैभन्दा ठूलो भण्डार भेटिएको हो।

अधिकारीहरुका अनुसार यो सुनको खानीमा अनुमानित २.५८६ मेट्रिकटन अयस्क रहेको छ। जिसको औसत ग्रेड ०.५६ ग्राम प्रतिटन रहेको छ। यसरी त्यहाँ लगभग १ हजार ४४४ टन सुन हुन सक्ने अनुमान गरिएको हो।

हालको अवस्थामा सुनको यो मात्राको मूल्य करिब १९२ अर्ब डलर रहेको छ। चिनियाँ वैज्ञानिकहरुले करिब १५ महिनामै यो सुनको भण्डार फेला पारेका हुन्। यो परियोजना चीन सरकारको लिओनिङ जियोलोजिकल एन्ड माइनिङ ग्रुपले गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

20%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS