IME Life New

जेनजीको आन्दोलनबारे छिमेकी चीनको आयो यस्तो पहिलो बयान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा जेनजी आन्दोलनबारे छिमेकी मुलुक चीनबाट पहिलो बयान आएको छ।

नेपालमा जारी जेनजीको विद्रोहबारे बुधबार पहिलोपटक चीनको वक्तव्य आएको हो। चीनले नेपालका सबै पक्षलाई घरेलु मुद्दालाई उचित रुपमा सम्हाल्न, सामाजिक व्यवस्था र स्थिरता पुनस्र्थापित गर्न आग्रह गरेको छ।

Esewa
Crest

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मिडिया ब्रिफिङमा नेपालको अवस्थाबारे पहिलोपटक टिप्पणी गर्दै भने, ‘चीन र नेपालबीच परम्परागत रुपमा मैत्रीपूर्ण छिमेकी सम्बन्ध रहेको छ। हामी आशा गर्छौं कि नेपालका सबै वर्गले घरेलु मुद्दालाई उचित रुपमा सम्हाल्नेछन्, सामाजिक व्यवस्था र क्षेत्रीय स्थिरतालाई सकेसम्म चाँडो पुनस्र्थापित गर्नेछन्।’

सामाजिक सञ्जाल प्रतिबन्धलाई लिएर नेपालमा सुरु भएको जेनजी आन्दोलनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्यो र सरकार ढालियो। तर, चीनले ओलीको राजीनामाबारे कुनै टिप्पणी गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

87%
happy

खुसी

0%
sad

दु :खी

4%
amazed

अचम्मित

3%
excited

उत्साहित

6%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS