IME Life New

जमिनमा ‘स्वेज नहर’ बनाउँदै चीन, युरोपलाई जोड्नेछ एसियासँग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सैन्य र आर्थिक महाशक्ति बनेपछि चीनले अब जमिनमा आधारित ‘स्वेज नहर’ निर्माण गर्ने भएको छ। यो परियोजनाले युरोपलाई एसियासँग जोड्नेछ।

ठूलो कुरा के हो भने पूर्वी एसियाले यसबाट सबैभन्दा बढी फाइदा लिनेछ। जुन चीनपछि उत्पादन उद्योगमा द्रुत गतिमा प्रगति गरिरहेको छ।

Esewa
Crest

चीनले यसका लागि आफ्नो पहाडी सहर चोङकिङ रोजेको छ। यो शहर पहिले नै स्थलीय व्यापार मार्गको केन्द्र बनिसकेको छ। यो सहर रेल लाइनहरुले राम्रोसँग जोडिएको छ र यहाँबाट युरोपमा मालवाहक रेलहरु पहिले नै सञ्चालन भइसकेका छन्। चीनलाई आशा छ कि यो सहर एसियाको सबैभन्दा महत्त्वपूर्ण रसद केन्द्र बन्न सक्छ।

साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित समाचारअनुसार चोङकिङ चीनको व्यापार सञ्जालमा द्रुत गतिमा रणनीतिक केन्द्रका रुपमा देखा परेको छ। चीनलाई आशा छ कि यदि यसको मोडेल सफल भयो भने देशको पश्चिमी भागमा पनि यस्तै परियोजनामा काम गर्न सकिन्छ।

यस सहरबाट दैनिक सयौँ सिपमेन्ट ढुवानी गरिन्छ। जसले भियतनाम र सिंगापुरजस्ता दक्षिणपूर्वी एसियाली देशहरुलाई जर्मनी र पोल्यान्डलगायत युरोपका बाँकी भागहरुमा उच्च गतिको मालवाहक रेलहरुमार्फत जोड्छ।

समुद्री मार्गको तुलनामा जमिनबाट हुने ढुवानीले १०–२० दिन बचत गर्छ। यसबाहेक यसले भन्सार समस्याहरुलाई धेरै हदसम्म सरल बनाउँछ।

सन् २०२३ मा आसियान बुलेट ट्रेनको सुरुआतसँगै हनोई र चोङकिङबीचको ढुवानी समय केवल ५ दिनमा घटाइएको छ। जसले गर्दा सामानहरु २ हप्ताभन्दा कम समयमा युरोप पुग्न सकिन्छ। साथै, समुद्री मार्गबाट युरोपमा ढुवानी गर्न कम्तिमा ३ हप्ता लाग्छ।

चिनियाँ सहर चोङकिङ एक रणनीतिक स्थानमा अवस्थित छ। यसबाहेक यो सहर एक प्रमुख उत्पादन केन्द्र पनि हो। विश्वको लगभग एक तिहाइ ल्यापटप चोङकिङमा उत्पादन गरिन्छ। यो सहर विद्युतीय कारहरुको उत्पादनका लागि पनि एक प्रमुख केन्द्र हो। यसबाहेक चीनका चारवटा कारमध्ये एक चौथाइ यस सहरबाट निर्यात गरिन्छ।

विज्ञहरु विश्वास गर्छन् कि चीनले भूराजनीतिका लागि मात्र नभई आफ्नो सैन्य उद्देश्यहरु पूरा गर्न पनि चोङकिङ रोजेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा चीनको अमेरिकासँग व्यापार युद्ध जारी छ। यस्तो अवस्थामा अमेरिकाले स्वेज नहर, होर्मुज र मलाक्का स्ट्रेटमा निगरानी बढाएको छ। यदि अमेरिकाले भविष्यमा यी समुद्री परिवहन कोरिडोरहरुलाई नियन्त्रण गर्न खोज्यो भने चीनले यस कोरिडोमार्फत आफ्नो आयात–निर्यात कायम राख्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS