IME Life New

चीनमा अवकाशपछि पनि काम गर्नेलाई बीमा सुविधाको प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनले अवकाशपछि पनि काम गर्ने व्यक्तिहरुको अधिकारको रक्षा गर्न आफ्नो पहिलो नियमन प्रस्ताव गरेको छ। जसमा कार्यस्थल सुरक्षा र बीमा कभरेजमा ध्यान केन्द्रित गरिएको छ।

चाइना डेलीमा प्रकाशित समाचारअनुसार मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयसहित ५ केन्द्रीय विभागद्वारा जारी गरिएको मस्यौदा अगस्ट ३१ सम्म सार्वजनिक परामर्शका लागि खुला गरिएको छ। प्रस्तावअन्तर्गत रोजगारदाताले वृद्ध कामदारलाई उनीहरुको सीपका आधारमा उपयुक्त भूमिकाहरु प्रदान गर्नुपर्नेछ र कर्तव्य, घन्टा, तलब, सुविधा र कार्यस्थल सुरक्षालाई समेट्ने लिखित सम्झौतामा हस्ताक्षर गर्नुपर्नेछ।

Esewa
Crest

रोजगारदाताले कम्तीमा स्थानीय न्यूनतम ज्याला तिर्नुपर्नेछ भने खतरनाक काम तोक्नबाट जोगिनुपर्नेछ र व्यावसायिक सुरक्षा तालिम प्रदान गर्नुपर्नेछ। निवृत्तिपछिका कामदारलाई पनि कामसँग सम्बन्धित चोटपटक बीमाले समेट्नेछ।

चीनले जनवरीमा उच्च अवकाश उमेरमा चरणबद्ध रुपमा परिवर्तन गर्न थालेको हो। पुरुषको हकमा अवकाश उमेर ६० बाट ६३ र महिलाको हकमा ५० वा ५५ बाट ५५ वा ५८ मा बढाइएको छ।

सन् २०२४ सम्म चीनमा ६० वर्ष वा सोभन्दा माथिका ३१ करोड ३० लाख मानिस छन्। जुन चीनको कुल जनसंख्याको २२ प्रतिशत हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS