काठमाडौं । भोलि फेब्रुअरी १७ देखि बेलायती र क्यानेडियन नागरिकले बिना भिसा चीन भ्रमण गर्न र त्यहाँ ३० दिनसम्म बस्न सक्नेछन्।
चीनको विदेश मन्त्रालयले पर्यटन, व्यवसाय र परिवार र साथीभाइलाई भेट्न देशमा भिसामुक्त प्रवेश अनुमति दिइने जनाएको हो। यो नीति डिसेम्बर ३१ सम्म लागू रहनेछ।
गत महिना बेलायती प्रधानमन्त्री केयर स्टारमरले चीनको भ्रमण गरे र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरे। जसका क्रममा यात्रा नियमहरु सहज बनाउन सम्झौता भएको थियो।
प्रधानमन्त्री केयर स्टारमरका अनुसार यो सम्झौताले चीनमा व्यवसाय विस्तार गर्न सजिलो बनाउनेछ। यद्यपि, आलोचकहरु भन्छन्, ‘बेइजिङसँग सम्बन्ध सुधार गर्ने प्रयासमा मानवअधिकार र राष्ट्रिय सुरक्षा सरोकारलाई बेवास्ता गरिँदैछ।’ –एजेन्सी












