IME Life New

चीनले हटायो बोइङ विमान डेलिभरीमा लगाएको प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनले बोइङ विमान डेलिभरीमा लगाएको प्रतिबन्ध हटाएको छ।

ब्लुमबर्गमा प्रकाशित रिपोर्टअनुसार चीनले आन्तरिक एयरलायन्सका नाममा सूचना जारी गर्दै अमेरिकामा निर्मित बोइङ विमानको डेलिभरी फेरि सुरु गर्न सक्ने जनाएको छ।

Esewa
Crest

अमेरिकासँग ट्यारिफ सम्झौतापछि चीनले बोइङ विमान डेलिभरीमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो। एक महिनाअघि चीनले आफ्ना एयरलाइन्स कम्पनीहरुलाई बोइङको नयाँ विमान डेलिभरीमा रोक लगाएको थियो। चीन सरकारको यो निर्णय अमेरिकाको १४५ प्रतिशत ट्यारिफको जबाफ थियो। चीनले अमेरिकामा बन्ने विमानका पार्टपुर्जा आयातमा पनि रोक लगाएको थियो।

अमेरिका र चीनबीच मे १२ मा जेनेभामा ट्रेड डिल भएको थियो। दुवै देशले ९० दिनका लागि ११५ प्रतिशत ट्यारिफ कटौती गर्ने सम्झौत गरेका थिए।

बोइङले सन् २०१५ देखि २०२० सम्म चीनलाई ६६८ विमान बेचेको थियो। चीनलाई सन् २०४३ सम्म ८ हजार ८३० वटा नयाँ विमान आवश्यक पर्छ। बोइङको मुख्य प्रतिद्वन्द्व एयरबससँग चीनमा विमान आपूर्ति गर्ने क्षमता छैन। यसमा बोइङको भूमिका अहम हुन्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS