काठमाडौं । युनियन हाइड्रोपावरको नाम परिवर्तन गरिएको छ।
अब परिवर्तनअनुसार यो कम्पनी ‘युनियन हाइड्रो कम्पनी’को नामबाट सञ्चालनमा आउनेछ। कम्पनीको वैशाख ६ गते सम्पन्न विशेष साधारणसभाले कम्पनीको नाम परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। त्यसपछि कम्पनी रजिस्ट्रारको कार्यालयले गत वैशाख ३० गते नाम परिवर्तनका लागि स्वीकृति प्रदान गरेको थियो।
अब साविक युनियन हाइड्रोपावरको नाममा रहेको चल–अचल सम्पत्ति तथा तिर्नु व्यहोर्नुपर्ने कर दायित्व आदिसमेत परिवर्तित नामको युनियन हाइड्रो होल्डिङले सकार्ने व्यहोर्नु आज जारी सूचनामा उल्लेख छ।
यसैगरी कम्पनीको साविकको ठेगाना ललितपुर महानगरपालिका–३ धोबीघाटबाट परिवर्तन भएर काठमाडौं महानगरपालिका नक्साल कायम भएको पनि सूचनामा उल्लेख छ।












