IME Life New

चन्द्र ढकाल–हेमराज टीमबाट ४ वटा प्रदेश अध्यक्ष निर्वाचित, अन्य प्रदेशमा पनि पकड जमाउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशतर्फ अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल समुहबाट ४ जना प्रदेश अध्यक्षहरु निर्वाचित भएका छन् । महासंघ प्रदेशको सम्पन्न भएको ५ वटा अधिवेशनमध्ये उक्त समुहबाट ४ प्रदेश अध्यक्ष चयन भएका हुन् ।

जस अनुरुप गण्डकीमा उक्त समुहका नरेश कँडेल सर्वसम्मतीमा अध्यक्ष भएका हुन् । उक्त प्रदेशको शुक्रबार अधिवेशन सम्पन्न भएको थियो । यसैगरी मधेशबाट बिजय शाह र कर्णालाीबाट धनबहादूर ओली सर्वसम्मतीमा निर्वाचित भएका हुन् ।

Esewa
Crest

यसैगरी आईतबार सम्पन्न कोशी प्रदेशको निर्वाचनमा पनि चन्द्र–हेमराज ढकाल समुहबाट राजेन्द्र बहादूर राउत भारी मतान्तरले विजयी भएका छन् । उनी खसेको कुल मतमध्ये ७० प्रतिशतभन्दा बढी मत ल्याएर बिजयी भएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्ला नगरतर्फ प्रदेश अध्यक्षहरुको भुमिका महत्वपूर्ण हुन्छ । हालसम्म ५ वटा प्रदेशको अध्यक्ष चयन भएकोमा ३ प्रदेशको अध्यक्ष चन्द्र–हेमराज समुहबाट हुँदा त्यसले आगामी निर्वाचनमा ठूलो महत्व राख्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS