IME Life New

सिजी साना घरायसी उपकरणद्वारा नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नयाँ वर्ष २०८३ को सुखद अवसर पारेर आफ्नो साना घरायसी उपकरण श्रेणी अन्तर्गत “Experience Life with CG: भरोसा नेपालीको, उत्सव नयाँ वर्षको” अभियान सार्वजनिक गरेको छ। दैनिक जीवनलाई सहज, स्मार्ट र आरामदायी बनाउने उद्देश्यका साथ सिजीले आफ्ना आधुनिक साना घरेलु उपकरणहरूलाई आकर्षक अफर र उपहारहरूमार्फत उपभोक्तामाझ प्रस्तुत गरेको हो।

यस विशेष योजना अन्तर्गत ग्राहकहरूलाई सिजीका विभिन्न साना घरायसी उपकरणहरू खरिद गर्दा प्रत्येक १५ दिनमा ‘सेट अफ ५ प्रोडक्ट्स’ (Set of 5 Products) QR Code स्क्यान गरी जित्ने विशेष अवसर उपलब्ध गराइएको छ।

Esewa
Crest

यस अभियानको मुख्य आकर्षणका रूपमा बम्पर उपहार राखिएको छ, जसमा भाग्यशाली विजेताले विश्वप्रसिद्ध मेघौली सराही (Meghauli Serai) मा लक्जरी स्टे (Luxury Stay) तथा हिरो स्प्लेन्डर प्लस (Hero Splendor+) मोटरसाइकल जित्ने सुवर्ण अवसर प्राप्त गर्नेछन्। ग्राहकहरूले सामान खरिद गरेपछि उपलब्ध QR Code स्क्यान गरी सजिलै र पारदर्शी रूपमा यस योजनामा सहभागी हुन सक्नेछन्।

योजनामा सहभागी हुन इच्छुक ग्राहकहरूले देशभर रहेका २१ वटा आधुनिक सिजी डिजिटल शोरुमहरू, कम्पनीको आधिकारिक वेबसाइट www.cgdigital.com.np तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सिजीका साना घरायसी उपकरणहरू खरिद गर्न सक्नेछन्। ४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले देशभर ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ।

यो योजना चैत २२ गतेदेखि सीमित अवधिका लागि देशभर लागू भइसकेको छ। योजना र उत्पादनहरूबारे थप जानकारीका लागि सिजी केयर (CG Care) को टोल फ्री नम्बरहरू १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS