IME Life New

६ महिनामै नेपाली भान्साको अभिन्न अङ्ग बन्दै सीजी मेरिडिया ‘एआई स्मार्ट एयर फ्रायर’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालकै अग्रणी इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सीजी (CG) ले आफ्नो प्रिमियम श्रेणी ‘सीजी मेरिडिया’ अन्तर्गत आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस (SDA) पोर्टफोलियोमा बजारमा ल्याएको नेपालकै पहिलो AI-सञ्चालित स्मार्ट एयर फ्रायर (Model: CGMRAF8LAI) ले ६ महिनाको छोटो अवधिमै नेपाली उपभोक्ताहरूको मन जित्न सफल भएको छ। विशेष गरी हाल देशभर भइरहेको बेमौसमी वर्षा र र ओसिलो मौसमको समयमा तात्तातो र स्वास्थ्यवर्धक परिकारका लागि यो स्मार्ट एयर फ्रायर एक अनिवार्य आवश्यकता साबित भएको छ।

किन रोज्ने त सीजी मेरिडिया AI एयर फ्रायर?

Esewa
Crest

बजारमा अन्य विकल्पहरू हुँदाहुँदै पनि उपभोक्ताहरूले यसैलाई रोज्नुका मुख्य कारणहरू निम्न छन्:

  • नेपालकै पहिलो AI प्रविधि: यसमा भएको आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनल क्यामेराले खानाको प्रकार र तौल आफैं चिनिदिन्छ। तपाईँले सेटिङ मिलाइरहनु पर्दैन, यसले आफैं पर्फेक्ट तापक्रम र समय निर्धारण गर्छ , जसले तपाईँको बहुमूल्य समयको बचत गराउँछ।
  • स्मार्ट नियन्त्रण (IoT): घरको काममा व्यस्त हुँदा वा अन्य कोठामा बसेरै पनि CG Smart Home App मार्फत मोबाइलबाटै खाना पकाउन र निगरानी गर्न सकिन्छ।
  • ८ लिटरको विशाल क्षमता: मध्यम र ठूला नेपाली परिवारका लागि एकैपटक पर्याप्त मात्रामा परिकार तयार पार्न सकिने सुविधा।
  • स्मार्ट ‘स्प्रे’ प्रविधि: ‘वाटर स्प्रे’ फङ्सनले खानालाई सुक्खा हुन नदिई बाहिर कुरकुरे र भित्र रसिलो (Juicy) बनाउँछ।
  • ९०% सम्म कम तेल: स्वास्थ्यप्रति सचेत व्यक्तिका लागि तेलको न्यूनतम प्रयोगमा पनि तारेको जस्तै स्वादिलो अनुभव।

 

झरी र ओसिलो मौसमको उत्तम सहयात्री

बाहिर पानी परिरहेको र चिसो बढेको समयमा तात्तातो र स्वास्थ्यवर्धक खाजाको चाहनालाई यसले केही मिनेटमै पूरा गर्छ। २५ वटा स्वचालित मेनुले गर्दा समोसा, चिकेन रोस्ट, फ्रेन्च फ्राइज वा केक—जुनसुकै परिकार पनि व्यावसायिक स्वादमा तयार हुन्छन्।

मुख्य प्राविधिक विशेषताहरू

  • पारदर्शी झ्याल (See-Through Window): पकाउने प्रक्रियालाई बाहिरबाटै सजिलै नियाल्न सकिने।
  • १८०० वाटको शक्तिशाली कन्भेक्सन हिटिङ मेकानिजम (Convection Heating Mechanism): यसले तातो हावालाई तीव्र गतिमा प्रवाह गराई खाना छिटो र समान रूपमा पकाउँछ, जसले भान्साको समय बचाउनुका साथै परिकारको वास्तविक स्वाद र पोषण सुरक्षित राख्छ।
  • र्यापिड एयर फ्लो: सबै दिशाबाट समान रूपमा पकाउने र पोषण जोगाउने प्रविधि।

 

पहुँच र भरोसा: देशभर उपलब्ध

 सीजी मेरिडिया स्मार्ट एयर फ्रायर देशभर रहेका २८ वटा अत्याधुनिक शोरुमहरू (सिजी डिजिटल र एलजी शपी), विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन cgdigital.com.np मार्फत ग्राहक वर्गहरूले यी उपकरणहरू सहज र सुलभ तरिकाले खरिद गर्न सक्नेछन्। अझ महत्त्वपूर्ण कुरा, ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको उत्कृष्ट सेवा र प्राविधिक सहयोग सुनिश्चित गरिएको छ।

“६ महिनाको अवधिमा हामीले पाएको उत्साहजनक प्रतिक्रियाले यो प्रमाणित गरेको छ कि नेपाली उपभोक्ताहरू प्रविधि र स्वास्थ्यप्रति निकै सचेत छन्,” सिजी इलेक्ट्रोनिक्सका एक अधिकारीले बताए। “Experience Life with CG” को नारालाई सार्थक बनाउँदै सीजीले आगामी दिनमा पनि उपभोक्ताको बदलिँदो आवश्यकतालाई प्राथमिकता दिँदै नवीन प्रविधिहरू ल्याइरहने प्रतिबद्धता व्यक्त गर्दछ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS