IME Life New

सीजी ब्रान्डको तिहार रंगोली फोटो सेयर प्रतियोगिताको विजेतालाई उपहार प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सीजी ब्रान्डले तिहारको अवसरमा आयोजना गरेको Tihar Rangoli Photo Share & Win Contest’ का विजेता स्वयम्भू, काठमाडौं निवासी मिस सोयशा श्रेष्ठलाई CG Meridia Sound Bar प्रदान गरेको छ । यो साउन्ड बारले उच्च गुणस्तरीय ध्वनि र उत्कृष्ट सांगीतिक अनुभव प्रदान गर्ने सीजीले जनाएको छ ।

विजेता सोयशा श्रेष्ठले खुसी व्यक्त गर्दै भनिन्, “म साँच्चै उत्साहित र खुसी छु कि म CG को ‘Tihar Rangoli Photo Share & Win’ प्रतियोगितामा विजेता बनेँ। CG Meridia Sound Bar जित्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ र यो अवसरका लागि म सीजी टिमप्रति आभारी छु!”

Esewa
Crest

यो प्रतियोगिताले तिहारको उल्लास र घर-आँगन सजाउने रंगोलीको कलात्मक सुन्दरतालाई डिजिटल रूपमा साझा गर्ने अवसर प्रदान गरेको थियो । सहभागीहरूले पठाएका रंगोलीका तस्बिरहरूले नेपाली मौलिक कला, संस्कृति र चाडपर्वको जीवन्त झल्को प्रस्तुत गरेका थिए ।

विजेतालाई उक्त उपहार सीजी ब्रान्ड (Home Appliances) का प्रतिनिधि भरतप्रसाद साहले हस्तान्तरण गरे । ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ। देशभर २१ वटा आधुनिक शोरुमहरू र ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ।

साथै, ग्राहकहरूका सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ। यस सञ्जालले ग्राहकलाई छिटो, भरपर्दो र प्राविधिकरूपमा दक्ष सेवा प्रदान गर्दै, सीजी ब्रान्डलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको सीजीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS