IME Life New

सिजी ब्रान्डले आफ्नो ‘मेरिडिया सिरिज’ अन्तर्गत बजारमा ल्यायो ४ नयाँ ‘सिंगल डोर’ फ्रिज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम मेरिडिया सिरिज अन्तर्गत ४ वटा नयाँ मोडलका अत्याधुनिक रेफ्रिजरेटरहरू बजारमा सार्वजनिक गरेको छ।

नयाँ सार्वजनिक भएका मोडलहरूमा CGMS220DLRI, CGMS220DLBI, CGMS220LRI CGMS220LBI रहेका छन्, जसको ग्रस क्षमता २०० लिटर नेट क्षमता  १९० लिटर रहेको छ। घरको भान्सालाई थप आकर्षक बनाउन यी फ्रिजहरू लिफी वाइनलिफी ब्लु जस्ता उत्कृष्ट रङ तथा डिजाइनमा उपलब्ध गराइएका छन्।

Esewa
Crest

नयाँ सिजी मेरिडिया फ्रिजका प्रमुख विशेषताहरू:

  • डिजिटल इन्भर्टर कम्प्रेसर: यसमा प्रयोग भएको अत्याधुनिक कम्प्रेसरले बिजुलीको अधिकतम बचत गर्नुका साथै ११० भोल्ट को कम भोल्टेजमा पनि सहजै र निर्बाध रूपमा काम गर्छ।
  • उन्नत कुलिङ प्रविधि: फ्रिजभित्रको तापक्रमलाई छिटो र प्रभावकारी रूपमा सन्तुलनमा राख्न यसमा टर्बो कुलिङ टेक्नोलोजीएडभान्स क्यापिलरी कुलिङ टेक्नोलोजी समावेश गरिएको छ।
  • ताजगी भण्डारण: फलफूल र तरकारीलाई लामो समयसम्म ताजा राख्न फार्म फ्रेसनेस र धेरै तरकारी एकैपटक भण्डारण गर्न सकिने जम्बो भेजिटेबल ट्रेको व्यवस्था गरिएको छ।
  • ड्राइ बास्केट एप्रोन: नेपाली भान्सामा प्याज, आलु जस्ता बाहिर राख्नुपर्ने कुराहरूका लागि CGMS220DLRI CGMS220DLBI मोडलहरूमा छुट्टै ड्राइ बास्केट उपलब्ध छ, जुन व्यावहारिक रूपमा ग्राहकका लागि निकै उपयोगी छ। त्यस्तै, कम बजेटमा प्रिमियम लुक्स र डिजाइन चाहने ग्राहकहरूका लागि CGMS220LRI CGMS220LBI मोडलहरूमा आकर्षक एप्रोन बेस राखिएको छ।
  • सुरक्षा: सुरक्षित भण्डारणका लागि सबै मोडलमा लक एन्ड की को सुविधा छ।

सिजी ब्रान्डको मूल नारा “Experience Life with CG” ले सधैँ ग्राहकहरूको जीवनस्तर उकास्ने र भान्साका दैनिक कार्यहरूलाई सहज बनाउने कुरामा जोड दिन्छ। यसै नारालाई आत्मसात गर्दै, आधुनिक प्रविधि, ग्राहकको व्यावहारिक आवश्यकता (जस्तै: ड्राइ बास्केट), उत्कृष्ट डिजाइन र बिजुली बचत गर्ने क्षमतासहित यी नयाँ फ्रिजहरू बजारमा ल्याइएको हो। यसले हरेक नेपाली परिवारलाई स्मार्ट र झन्झटमुक्त जीवनशैलीको नयाँ अनुभव प्रदान गर्नेछ।

सिजी मेरिडिया सिजी ब्रान्डको प्रिमियम सिग्नेचर सिरिज हो। अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन र विलासीपनको अनुपम संयोजनबाट यस सिरिजका उपकरणहरू तयार पारिन्छन्। आधुनिक जीवनशैलीलाई अझै परिष्कृत र सुविधायुक्त बनाउने उद्देश्यले डिजाइन गरिएको सिजी मेरिडियाले घर र भान्साको शोभा बढाउनुका साथै ग्राहकहरूलाई उच्च स्तरको कार्यक्षमता र प्रिमियम अनुभव प्रदान गर्दै आइरहेको छ।

 ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ। सिजी ब्रान्डका यी नयाँ ‘मेरिडिया सिरिज’ फ्रिजहरू देशभर रहेका २१ वटा अत्याधुनिक सिजी डिजिटलका शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइट www.cgdigital.com.np, www.cginspiringlife.com  तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिने र ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS