काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन १ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार शुक्रबारसम्म ७७ खर्ब ७० अर्ब रुपैयाँ रहेको निक्षेप शनिबारसम्म ७७ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको हो।
त्यस्तै शुक्रबारसम्म कर्जा प्रवाह ५८ खर्ब १५ अर्ब रुपैयाँ रहेकोमा शनिबार ५८ खर्ब १४ अर्ब रुपैयाँ पुगेको हो। एकै दिनमा कर्जा प्रवाह १ अर्ब रुपैयाँले घटेको छ।
शनिबारसम्म वाणिज्य बैंकमा निक्षेप ७० खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकबाट ५१ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।
सीडी रेसियो घट्दै ७४.०७ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत छ। अघिल्लो दिन सीडी रेसियो ७४.०९ प्रतिशत थियो।












