IME Life New

भारतमा दोब्बरले बढ्यो बीमा धोकाधडीको मामिला, साइबर फ्रड कभर गर्ने बीमा ल्याउन निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा बीमा धोकाधडीका घटना दोब्बरले बढेको पाइएको छ।

वित्त मन्त्रालयका अनुसार वर्ष २०२४ बीमा धोकाधडीका घटनामा भारु १ अर्ब ७७ करोडको नोक्सानी भएको छ। जुन अघिल्लो वर्ष २०२३ को तुलनामा दोब्बर हो।

Esewa
Crest

पछिल्लो समय भारतको बीमा क्षेत्रमा साइबर फ्रडका घटना लगातार बढिरहेको छ। यसले गर्दा मानिसले ठूलो आर्थिक नोक्सानी व्यहोर्दै आएका छन्।

यसबीच भारतकी वित्तमन्त्री निर्मला सीतारमण हालै सबै सरकारी बीमा कम्पनीसँग समीक्षा बैठक बसेकी बसेकी थिइन्। बैठकमा सीतारमणले साइबर फ्रडजस्ता जोखिमलाई कभर गर्ने बीमा योजना ल्याउन कम्पनीहरुलाई निर्देशन दिएकी छन्।

बीमा क्षेत्रमा ग्राहकको आवश्यक परिवर्तन भइरहेको उल्लेख गर्दै सीतारमणले त्यसलाई ध्यानमा राखेर कम्पनीहरुले नयाँ–नयाँ योजना बजारमा ल्याउनुपर्ने आवश्यक औँल्याइन्। बीमा दायरा बढाउन सस्ता बीमा योजना ल्याउन पनि उनले निर्देशन दिइन्। ‘कम्पनीहरुले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्नुपर्छ’, उनले भने, ‘ग्राहकका गुनासालाई प्राथमिकता दिनुपर्छ।’

सामाजिक सञ्जालमार्फत ग्राहकसँग जोडिन पनि सीतारमणले बीमा कम्पनीहरुलाई सुझाव दिइन्। ‘कम्पनी अधिक समक्षम हुन आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्नुपर्छ’, उनले भने। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS