IME Life New

कान्तिपुर सहकारीका पूर्व अध्यक्ष सिबी लामा सहित १० जनाविरूद्ध सम्पत्ती शुद्धिकरण मुद्दा दायर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कान्तिपुर सेभिङ एण्ड क्रेडिट को अपरेटिभका पूर्व अध्यक्ष चन्द्र बहादुर तामाङ (सिबी लामा) सहित १० जना व्यक्ति र १३ वटा कम्पनी विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले उनीहरूमाथि अर्बौँ रुपैयाँ अवैध रूपमा आर्जन गरेको अभियोगमा कारबाही र सम्पत्ति जफतको मागदाबी गरेको छ ।

Esewa
Crest

हाल केन्द्रीय कारागारमा थुनामा रहेका ४९ वर्षीय सिबी लामालाई विभागले मुख्य अभियुक्त बनाएको छ । उनीमाथि ९९ करोड ८० लाख ४८ हजार १९ रुपैयाँ ४५ पैसा बराबरको सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाइएको छ । कान्तिपुर र पशुपति सेभिङ को अपरेटिभको जिम्मेवार पदाधिकारी रहेकाले उनलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिम थप सजायको समेत माग गरिएको छ ।

लामाको नाममा रहेको ८ कित्ता जग्गा, बैंक मौज्दात र शेयरका साथै उनका छोरा सुयोग्य तामाङको नाममा रहेको शेयर र सम्पत्ति समेत जफत गर्न विभागले मागदाबी गरेको छ । विभागले अन्य ९ जना प्रतिवादीहरूबाट पनि करोडौँको बिगो दाबी गरेको छ।

श्रोतः सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागद्वारा गरिएको माग दाबी

प्रकरणमा संलग्न विभिन्न १३ वटा कम्पनीहरूलाई समेत प्रतिवादी बनाइएको छ । ती कम्पनीहरूमा रहेका प्रतिवादीहरूको शेयर, बैंक मौज्दात र जग्गा जमिन जफत गर्न विभागले माग गरेको छ । जिल्ला सरकारी वकील कार्यालय काठमाडौँ मार्फत दायर गरिएको यस अभियोग पत्रमा प्रतिवादीहरूले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ विपरित कसूर गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS