IME Life New

आजबाट बढ्यो शेयर र घरजग्गा कारोबारमा पुँजीगत लाभकर, व्यक्तिगत आयकरमा भने राहात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८३।८४ आज शुक्रबारदेखि सुरु भएको छ। नयाँ आर्थिक वर्ष सुरु भएसँगै आजबाट शेयर र घरजग्गा कारोबारमा पुँजीगत लाभकर बढेको छ भने व्यक्तिगत आयकरमा भने सरकारले राहात दिएको छ।

अब शेयर कारोबारमा १० प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ। यसअघि पुँजीगत लाभकर ७.५ प्रतिशत र ५ प्रतिशत थियो। अब शेयर किनेर एक वर्ष होल्ड गरेर बेच्नेले ७.५ प्रतिशत र शेयर किनेर एक वर्षभित्रै बेच्ने १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ।

Esewa
Crest

सरकारले बजेटमार्फत शेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर २.५ प्रतिशत बिन्दुले बढाएको हो। यो नै अन्तिम हुने घोषणा बजेटमा गरिएको छ।

यसैगरी घरजग्गाको स्वामित्व ५ वर्ष वा सोभन्दा बढी कायम भएको सम्पत्ति बिक्रीबाट कमाएको नाफाबाट ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था बजेटमार्फत गरिएको छ। गत आर्थिक वर्ष २०८२।८३ मा यस्तो पुँजीगत लाभकर ५ प्रतिशत थियो।

बजेटमार्फत ५ वर्षभन्दा कमको स्वामित्व भएको घरजग्गा कारोबारमा पुँजीगत लाभकर बढाएर १० प्रतिशत पुर्याइएको छ। यसअघि ७.५ प्रतिशत रहेको थियो।

यसैगरी आर्थिक ऐनअनुसार करको दरमध्ये सबैभन्दा ठूलो परिवर्तन भने व्यक्तिगत आयकरमा हुँदैछ। आजदेखि प्राकृतिक व्यक्तिको आयकरको स्ल्याब र दरसमेत परिवर्तन गरिएको छ।

अब १० लाख रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत, १० लाखदेखि १५ लाख रुपैयाँसम्मको आम्दानीमा १० प्रतिशत, १५ लाखदेखि २५ लाख रुपैयाँसम्म २० प्रतिशत, २५ लाखदेखि ४० लाख रुपैयाँसम्मको आम्दानीमा २७ प्रतिशत र ४० लाख रुपैयाँभन्दा बढी आम्दानी हुँदा बढी हुने आम्दानीको २९ प्रतिशत कर लाग्ने व्यवस्था लागू भएको छ।

आर्थिक वर्ष २०८२।८३ मा यस्तो दर ३९ प्रतिशतसम्म रहेको छ भने १ प्रतिशतको स्ल्याबसमेत ५ लाख रुपैयाँमात्रै थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS