IME Life New

एसिया प्रशान्त क्षेत्रका युवामा बढ्दै क्यान्सर संक्रमण, बीमा दाबी पनि उकालो लाग्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसिया प्रशान्त क्षेत्रमा क्यान्सर संक्रमितबाट पीडित युवाको संख्या अचाक्ली बढेको छ। योसँगै यस क्षेत्रमा क्यान्सर संक्रमितबाट बीमा दाबी पनि ह्वात्तै उकालो लागेको छ।

डब्ल्यूटीडब्ल्यूको ग्लोबल मेडिकल ट्रेन्ड्स प्रतिवेदन–२०२६ अनुसार एसिया प्रशान्त क्षेत्रका ५२ प्रतिशत बीमा कम्पनीले पछिल्लो डेढ वर्षमा क्यान्सरबाट पीडित युवा पर्ने बीमा दाबीका घटना ह्वात्तै बढेको जनाएका छन्। बीमा कम्पनीहरुले विशेषगरी स्तन क्यान्सर, कोलोरेक्टल क्यान्सर र फोक्सोको क्यान्सरबाट पीडित युवाबाट सबैभन्दा बढी बीमा दाबी परेका छन्।

Esewa
Crest

क्यान्सर संक्रमण बढ्दै जाँदा बीमाको मागसँगै लागत पनि बढेको प्रतिवेदनमा उल्लेख छ। बीमा कम्पनीहरुका अनुसार लगभग ८२ प्रतिशत बीमा दाबी ४० वर्षभन्दा मुनिका युवाबाट परेका छन्। ‘यस प्रवृत्तिले स्वास्थ्य र कर्मचारी लाभ योजनाहरुमा दबाब दिइरहेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘किनकि युवा बिरामीले लामो समयसम्म उपचार गराउँछन् र थप बीमा कभरेज आवश्यक पर्न सक्छ।’

विश्वव्यापी रुपमा लगभग ४९ प्रतिशत क्यान्सरका घटनाहरु एसियामा देखिएको प्रतिवेदनमा उजागर गरिएको छ। ‘प्रत्येक वर्ष ९८ लाखभन्दा बढी मानिसमा क्यान्सर रोग पहिचान गरिन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘सिंगापुरमा मात्र क्यान्सर मृत्युको प्रमुख कारण बनेको छ। त्यहाँबाट उपलब्ध पछिल्लो तथ्यांकअनुसार मृत्युहरुमध्ये २६.२ प्रतिशत क्यान्सरपीडित छन्।’

यसैबीच सिंगापुरका ६५ प्रतिशत कर्मचारीले क्यान्सर पहिचान भएपछि कार्यालय फर्किने बारेमा चिन्ता व्यक्त गरे। ‘यसबाहेक १० जनामध्ये ९ जना सिंगापुरवासीले काममा फर्किंदा उनीहरुको स्वास्थ्य लाभमा मद्दत पुग्ने प्रक्रिया दिएका छन्। यसले बाँच्ने क्षमता र पुनर्स्थापनामा कार्यस्थलको भूमिकाको महत्वलाई अझै धेरे उजागर गरेको छ।’

डब्ल्यूटीडब्ल्यूले बीमा कम्पनीहरुले प्रारम्भिक स्क्रिनिङ, रोकथाम र कार्यस्थल कल्याण कार्यक्रमलाई भविष्यको क्यान्सरसँग सम्बन्धित दाबी र चिकित्सा खर्च व्यवस्थापन गर्न मद्दत गर्ने प्रमुख उपकरणका रुपमा हेरेको छ। ‘यस क्षेत्रका धेरै मानिसले डर, चिन्ता, उदासी, क्रोध र एक्लोपनसहित महत्वपूर्ण मानसिक र भावनात्मक चुनौतीहरुको अनुभव गरेका छन्’, डब्ल्यूटीडब्ल्यूले भनेको छ, ‘एसियामा क्यान्सरको उन्नत अवस्था भएका आधाभन्दा बढी (५४ प्रतिशत) मानिसहरु गम्भीर चिन्ता वा डिप्रेसनको सिकार बन्नुपरेको छ।’

प्रतिवेदनअनुसार कर्मचारीहरु जागिर सुरक्षा, कार्यसम्पादन, आम्दानीमा कमी र काममा खुलासाका बारेमा पनि चिन्तित हुन सक्छन्। ‘यसले पहिले नै कठिन समयमा भावनात्मक पीडालाई अझ बढाउँछ’, प्रतिवेदनमा भनिएको छ।

एसिया प्रशान्त क्षेत्रभरि क्यान्सरबाट मुक्त ३० प्रतिशतदेखि ६० प्रतिशत मानिसले १२ महिनाभित्र काममा फर्किने प्रयास गर्छन्। तर, धेरैले निरन्तर थकान, पीडा, चिन्ता र खुलासा वा भेदभावको डरको सामना गर्ने गरेको एसिया प्रशान्त डब्ल्यूटीडब्ल्यूका कर्पोरेट स्वास्थ्य र कल्याणका सहनिर्देशक फेओना चुआले भने, ‘काममा फर्किनु रिकभरीको एउटा शक्तिशाली भाग हुन सक्छ। भावनात्मक तयारी जाँच, चरणबद्ध पुनःएकीकरण, प्रबन्धक चेकइन र दीर्घकालीन भावनात्मक समर्थन कर्मचारीले आफ्नो कामको जीवन पुनर्निर्माण गर्दा सुरक्षित, मूल्यवान र सक्षम महसुस गर्न सुनिश्चित गर्न महत्वपूर्ण छन्।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS