IME Life New

विद्युतीय भुक्तानी सेवा ग्राहक आफैँले सक्रिय वा निष्क्रिय पार्न सक्छन् ? के छ व्यवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कारणशव विभिन्न विद्युतीय भुक्तानी सेवा प्रयोग गर्न नमिलेको खण्डमा के गर्ने ? धेरै ग्राहक यस्तो अवस्थामा तत्कालै सम्बन्धित बैंकमा सम्पर्क गर्छन्। तर, ग्राहक आफैँले विद्युतीय भुक्तानी सेवा सक्रिय वा निष्क्रिय गर्न सक्छन् भन्ने कुरा थारैलाई मात्र थाहा होला।

नेपाल राष्ट्र बैंकले आज वित्तीय सचेतनाका लागि चेतनामूलक सूचना जारी गर्दै यसबारे स्पष्ट पारेको छ। ‘वित्तीय ग्राहकलाई डिजिटल भुक्तानी सेवा स्वतन्त्र रुपमा व्यवस्था गर्ने सुविधा प्रदान गर्दै सुरक्षित र सहज सुनिश्चित गर्ने उद्देश्यले आफूले प्रयोग गरिरहेको विविध विद्युतीय भुक्तानीसम्बन्धी सेवाहरु विभिन्न कारणवश प्रयोगगर्न नमिल्ने अवस्थामा स्वयंले आधिकारिक मोबाइल एप वा वेब पोर्टलमार्फत निष्क्रिय गर्न सकिने व्यवस्था रहेको छ’, सूचनामा भनिएको छ, ‘यदि त्यस्तो सेवा पुनः प्रयोग गर्नुपरेमा फेरि मोबाइल एप वा वेब पोर्टलमार्फत सक्रिय गर्न सकिने व्यवस्था रहेको छ।’

Esewa
Crest

सम्बन्धित बैंक तथा वित्तीय संस्थाले उपर्युक्त सेवाका लागि आफ्नो एप वा वेब पोर्टलमा आवश्यक व्यवस्था मिलाउनुपर्ने प्रावधान राष्ट्र बैंकबाट जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ को ग्राहक हित संरक्षणसम्बन्धी व्यवस्थामा रहेको केन्द्रीय बैंकले प्रस्ट पारेको छ।

डिजिटल बैंकिङबारे जानकारी लिएरमात्र कारोबार गर्न पनि राष्ट्र बैंकले सुझाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS