IME Life New

ट्यारिफको विरोधमा विभिन्न देशमा चल्यो अमेरिकी सामान बहिष्कार गर्ने अभियान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशमा ट्यारिफ लगाएसँगै विभिन्न देशमा अमेरिकी सामान बहिष्कार गर्ने प्रवृत्ति बढ्न थालेको छ।
क्यानडाको नोभा स्कोटियामा बसोबास गर्ने टोड ब्रेम्यान अमेरिकाको क्यालिफोर्नियामा बन्ने आफ्नो मन पर्ने रेड वाइन किन्न छाडेका छन्।

‘अमेरिकी आर्मीसँगै मैले जीवनभर देशको सेवा गरेँ। मलाई उनीहरुसँग मिलेर काम गर्दा निकै गर्व लाग्थ्यो। दुवै देशको सैनिकबीच ऐतिहासिक सम्बन्ध छ। तर, अहिले निकै निरुत्साहित बनाउने काम भएको छ’, क्यानेडियन आम्र्ड फोर्सका पूर्वसैनिक ब्रेम्यानले भने।

Esewa
Crest

अब आफ्नो देशको पक्षमा उभिने आफूले निर्णय गरेको ब्रेम्यानले बताए। ‘यसको अब म अमेरिकी सामान किन्दिनँ। बरु आफ्नै देशमा बनेको सामान किन्छु र देशको व्यापारलाई समर्थन गर्छु’, उनले भने, ‘मैले प्रयोग गर्दै आएको सबै अमेरिकी सामान हटाएको छ। क्यानडामै बनेको सामान किन्दैछु।’

ब्रेम्यानमात्र होइन अहिले क्यानडाभरि अमेरिकी सामान बहिष्कार गर्ने अभियान नै चलेको छ। ट्रम्पले क्यानडाबाट आउने सामान २५ प्रतिशत ट्यारिफ लगाएका छन्।

उता डेनमार्कमा पनि अमेरिकी सामान बहिष्कार गर्न थालिएको छ। कोपनहेनमा किराना पसल चलाइरहेकी मेट हेरुल्फ क्रिस्टियानाले पनि अमेरिकी सामान मगाउन छाडेकी छन्। ‘मैले अमेरिकाबाट क्रिस्पी र चकलेटहरु मगाएर बेच्थेँ’, उनले भने, ‘अब ती सामान अमेरिकाबाट नल्याएर मैले डेनमार्कमै बनेको वा युरोपियन बनेको सामान बेच्ने निर्णय गरेकी छु।’

क्रिस्टियानाले घरमा पनि अमेरिकी सामानको प्रयोगमा प्रतिबन्ध लगाएकी छन्। ‘मैले घरमा अमेरिकी सामान प्रतिस्थापन गर्दैछु’, उनले भने, ‘जस्तै कोका कोलाको ठाउँमा जोय कोला पिउन थालेकी छु। तर, फेसबुकलाई नर्कान भने सकिएको छैन।’

डेनमार्कमा चलिरहेको अमेरिकी सामानको बहिष्कार अभियानले मानिसहरु ट्रम्पको नीतिप्रति आक्रोशित रहेको प्रस्ट देखिने क्रिस्टियानाले बताइन्। ‘यो बहिष्कार अभियानले डेनमार्क जनतालाई खुसी बनाएको छ’, उनले भनिन्।

क्यानडा र डेनमार्कमा मात्रै होइन अहिले विभिन्न देशमा ट्यारिफको विरोधमा अमेरिकी सामान बहिष्कार गर्ने प्रवृत्ति बढिरहेको छ। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS