IME Life New

अभियान लघुवित्तले डाक्यो साधारणसभा, यस्ता छन् एजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३० गते पाँचौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा मध्यान्ह साढे १२ बजे बोलाएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरणसहित सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०८१ / ०८२ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, वित्तीय संस्थामा ९संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका अन्य नियमनकारी निकायहरुबाट स्वीकृति लिने, अभिलेख गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न निर्देशन भएमा सोसमेत मिलाई संशोधन एवं परिवर्तन गर्ने लगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका अन्य लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी प्रकृया अगाडि बढाउन उपयुक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गर्ने, मूल्यांनकतांको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS