IME Life New

समस्याग्रस्त यी सहकारीका बचतकर्ता, सदस्य र साहुलाई लेना रकमको मागदाबी पेस गर्न आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले समस्याग्रस्त विभिन्न सहकारी संस्थाका बचतकर्ता, सदस्य र साहुलाई लेना रकमको अनलाइन मागदाबी आवेदन पेस गर्न आह्वान गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज एक सूचना प्रकाशित गरी यस्तो आह्वान गरेको हो। समितिले काठमाडौंको नयाँबजारस्थित श्री आइडल नमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था र सम्बद्ध तपाइँ हाम्रो बहुउद्देश्यी सहकारी संस्था, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, घुदुङ बहुउद्देश्यीय सहकारी संस्था र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ता, सदस्य र साहुलाई आफ्नो लेना रकमको अनलाइन मागदाबी आवेदन पेस गर्न आह्वान गरेको छ।

Esewa
Crest

गत चैत १९ गतेको मन्त्रीस्तरको निर्णयबाट ती सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको थियो। त्यसपछि ती संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि समितिसमक्ष लेखी पठाइएको थियो।

यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र समितिको वेबसाइटमा गएर अनलाइनमार्फत सप्रमाण मागदाबी पेस गर्न समितिले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS