IME Life New

मन्त्रिपरिषदको बैठकले गर्यो ७ निर्णय, के-के छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। मन्त्रिपरिषद् आज बसेको बैठकले ७ वटा निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषदको बैठकले गरेको निर्णयहरु सार्वजनिक गरेका हुन्।

Esewa
Crest

यस्ता छन् निर्णय

  • तथ्यांक (पहिलो संशोधन) नियमावली २०८३ स्वीकृत गर्ने।
  • लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा यांकी उक्याबलाई नियुक्ति गर्ने।
  • नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीसँग गाभ्न स्वीकृति दिने।
  • पशु वधशाला र मासु जाँच ऐन, २०५५ चरणबद्ध रुपमा नेपाल राज्यभर लागू गर्ने।
  • बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ संघीय संसद समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने।
  • विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राडा खड्गबहादुर केसी र सचिव पदमा प्राध्यापक डा रोजेश श्रेष्ठलाई नियुक्ति गर्ने।
  • सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरुलाई क्षतिपूर्ति, राहात, उपचारको व्यवस्था गर्ने।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS