काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षामन्त्री सस्मित पोखरेललाई दिइएको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले मन्त्री पोखरेललाई सरकार प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा आज १५ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ। प्रधानमन्त्री शाहसँगै मन्त्रीहरुले आज शीतल निवासमा शपथ गरेका थिए।












