IME Life New

टेस्लालाई पछि पार्दै बीवाईडी बन्यो विश्वकै सर्वाधिक बिक्री हुने विद्युतीय कार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले एलन मस्कको कम्पनी टेस्लालाई पछि पार्दै विश्वकै सर्वाधिक बिक्री हुने कार बनेको छ। वर्ष २०२४ को कार बिक्री र आम्दानीका हिसाबले बीवाईडीले टेस्लालाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो।

सान्जेनस्थित बीवाईडी कम्पनीले कार बिक्री गरेर वर्ष २०२४ मा १०७ अर्ब डलर आम्दानी गरेको छ। जुन अघिल्लो वर्ष २०२३ को तुलनामा २९ प्रतिशतले बढी हो। कम्पनीले आम्दानी बढ्नुको मुख्य हाइब्रिड गाडी बिक्रीमा आएको उछाल आउनु रहेको छ।

Esewa
Crest

वर्ष २०२४ मा टेस्ला कम्पनीले कार बिक्री गरेर ९७.७ अर्ब डलर आम्दानी गरेको छ। जुन बीवाईडीको आम्दानीको तुलनामा ९.३ अर्ब डलरले कम हो।

टेस्लाको मोडल ३ लाई टक्कर दिन बीवाईडी हालै कम मूल्यका कारहरु बजारमा ल्याएको थियो। जुन अहिले चिनियाँ बजारमा सबैभन्दा धेरै बिक्री हुने ईभी बनेको छ।

अघिल्लो वर्ष बीवाईडीको कार बिक्री टेस्लाकै जति १७ लाख ६० हजार युनिट बराबर रहेको थियो। तर, जब बीवाईडीले चिनियाँ बजारमा हाइब्रिड कार बजारमा ल्यायो तब रेकर्डतोड स्तरमा विश्व बजारमा कारको बिक्री ४३ लाख पुग्यो।

हाल टेस्ला कारको विश्व बजारमा बिक्री घटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एलन मस्कले हात मिलाएरपछि अहिले विश्व बजारमा टेस्ला कारको बिक्री गरेको छ। अमेरिकाकै विभिन्न स्थानमा टेस्ला कारमाथि आक्रमण भइरहेका छन्। –एजेसी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS