काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज शुक्रबार सार्वजनिक हुँदैछ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न संघीय संसद्को संयुक्त बैठक आज जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने बताइएको हो
प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले जेठ १५ गते ४ बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई उपस्थित हुन आब्हान गरेका हुन् ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले आज बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्य प्रस्तुत गर्नेछन्।
नेपालको संविधान जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ । गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो ।












