IME Life New

अवितरित ४ लाख ७४ हजार कित्ता हकप्रद शेयर बिक्री गर्दै बुद्धभूमि नेपाल हाइड्रोपावर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले अवितरित ४ लाख ७४ हजार बढी कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको छ।

कम्पनीले लिलामी प्रक्रियामार्फत यही जेठ २१ गतेदेखि ४ लाख ७४ हजार ६९६ कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्न लागेको हो। यो शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ता खरिदका लागि बोलपत्र पेस गर्न सकिनेछ।

बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयका साथै एनआईसी एसिया बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी, वीरेन्द्रनगर, नुवाकोट, नारायणगढ र नेपालगन्जमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति जेठ २९ गते बैंकिङ समयसम्म रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS