IME Life New

बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद शेयरका लागि बुक क्लोजको मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले हकप्रद शेयर जारी गर्न प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ फागुन १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ २९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद शेयर पाउन योग्य हुनेछन्।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ। अब यो कम्पनीले ४० करोड रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता शेयर बिक्री गर्नेछ।

हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS