IME Life New

बुद्ध एयरको वार्षिक आम्दानी १३ अर्ब नाघ्यो, पुराना विमानको आयू पुग्दा नयाँ विमान थप्नुपर्ने दबाब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घरेलु वायू सेवा कम्पनी, बुद्ध एयरले गत आर्थिक वर्षमा १३ अर्ब २० करोड रूपैयाँ बराबरको म्दानी गरेको छ।

घरेलु बजारमा करिब ६०% को बजार हिस्सा कायम राख्दै आन्तरिक उडानमा आफ्नो प्रभुत्व स्थापित गरेको यो कम्पनीले आर्थिक वर्ष २०८०।८१ मा अहिलेसम्मकै उच्च आम्दानी गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० मा कुल १२ अर्ब १६ करोड ९० लाख रूपैयाँ आम्दानी गरेको थियो।

Esewa
Crest

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार, थपिएका विमानहरू र अन्तर्राष्ट्रिय पर्यटकबाट प्राप्त हुने अमेरिकी डलरमा आधारित आम्दानीको बढ्दो हिस्साले बुद्ध एयरको आम्दानी बढाउन सघाएको छ। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा १२% बाट आर्थिक वर्ष २०८१।८२ को पहिलो ६ महिनामा अमेरिकी डलरमा हुने आम्दानी कुल आम्दानीको १५% पुगेको छ।

इन्धनको मूल्यमा आएको कमी र भ्याट दर्ताबाट प्राप्त इनपुट ट्याक्स क्रेडिटको सुविधाले सञ्चालन नाफा मार्जिनमा समेत ठूलो सुधार आएको छ। आर्थिक वर्ष  २०७९।८० मा करिब १०% रहेको सञ्चालन नाफाम मार्जिन गत आर्थिक वर्षमा १८% र चालू आवको पहिलो ६ महिनामा २२% सम्म पुगेको छ।

निश्चित अवधिका ऋणहरू समयमै चुक्ता गर्दा कम्पनीको ऋणको अनुपात (गियरिङ ) सन् २०२३ अक्टोबरको १.९ गुणाबाट सन् २०२५ जनवरीको अन्त्यसम्ममा १.४ गुणामा झरेको छ। इक्रा नेपालका अनुसार,चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ऋण सेवा कभरेज अनुपात ३.९ गुणा रहेको छ, जसले कम्पनीको ऋण तिर्न सक्ने क्षमता निकै बलियो रहेको देखाउँछ।
नेपाली आन्तरिक उड्डयन उद्योगमा तीव्र प्रतिस्पर्धा बढ्दै गएको छ, जसले गर्दा यात्रु भार क्षमता हालका वर्षहरूमा ९०% भन्दा माथिबाट ८४-८५% मा झरेको छ। यो प्रतिस्पर्धाले प्रति उपलब्ध सिट किलोमिटर आम्दानी र प्रति उपलब्ध सिट किलोमिटर लागत बीचको अन्तरलाई समेत खुम्च्याएको छ।कम्पनीका लागि अर्को ठूलो चिन्ताको विषय विदेशी विनिमय जोखिम हो।
बुद्ध एयरका कुल बैंक ऋणको करिब ६५% र मर्मत लगायतका सञ्चालन खर्चहरू अमेरिकी डलरमा हुने गर्छन्। नेपाली रुपैयाँको अवमूल्यनले हालैका वर्षहरूमा विदेशी विनिमय घाटा बढाएको छ। यसका अतिरिक्त, उड्डयन व्यवसायको मौसमी प्रकृति (विशेषगरी पर्यटन सिजनमा आम्दानी उच्च हुने) र बाह्य कारकहरू (जस्तै: महामारी, विश्वव्यापी घटनाक्रम, आर्थिक मन्दी) प्रति यसको संवेदनशीलता पनि महत्वपूर्ण चुनौतीका रूपमा रहेका छन्।
बुद्ध एयरका लागि सुधारिएको आम्दानी र नाफाको दिगोपना कायम राख्नु, बढ्दो प्रतिस्पर्धाका बीच आफ्नो बजार हिस्सा जोगाउनु, र विदेशी विनिमय जोखिमलाई कुशलतापूर्वक व्यवस्थापन गर्नु प्रमुख प्राथमिकतामा रहनुपर्छ।
कम्पनीले आफ्ना पुराना विमानहरूलाई ऋणको भार नबढाइकन समयमै प्रतिस्थापन गर्न सक्ने क्षमताले यसको भविष्यको सञ्चालन र वित्तीय अवस्थामा महत्त्वपूर्ण प्रभाव पार्ने इक्रा नेपालले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ।
बुद्ध एयरसँग हाल एटीआर ४२ मोडेलका २ र एटिआर ७२ मोटलका १६ वटा विमान छन् । यीमध्ये दुबै एटीआर ४२ मोडेलका विमान वायू सेवाबाट बिदाइ गर्ने समय नजिकिएको छ। एटीआर ७२ मोडेलकामध्ये २ वटा जहाज मर्मत संभारका लागि थन्किएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS