IME Life New

अर्थमन्त्रीसँग पुँजीबजार सुधार कार्यदलको बाँकी सुझाव पनि अविलम्ब कार्यान्वयन गर्न ब्रोकरको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल ब्रोकर्स एसोसिएसन अफ नेपालले पुँजी बजार सुधार कार्यदलले दिएका कार्यान्वयन हुन बाँकी सुझाव अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ।

अर्थ मन्त्रालयमा आज बिहान अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँगको भेटमा एसोसिएसनका प्रतिनिधिमण्डलले पुँजीबजारमा देखिएका समस्या समाधानका लागि बुझाएको ६ बुँदे ज्ञापनपत्रमा यस्तो माग गरिएको हो। ती समस्या समधान गर्दा समग्र पुँजीबजारको समस्या हल हुने र पुँजीबजारमा लगानीकर्ताको मनोबल बढ्ने ज्ञापनपत्रमा उल्लेख छ।

Esewa
Crest

यस्ता छन् ब्रोकर्स एसोसिएसनका माग

  • पुँजीबजार सुधार कार्यदलले दिएका कार्यन्वयन हुन बाँकी सुझावहरु अविलम्ब कार्यान्वयनका अनुरोध गर्दछौँ।
  • बैंक तथा वित्तीय संस्थाहरुलाई सहज रुपमा पुँजीबजार प्रवेश र बाहिरिन सक्ने व्यवस्था अविलम्ब लागू गरिनुपर्ने। (हाल खरिद गरेको शेयर ६ महिनाको अवधिपछि मात्रै बिक्री गर्न व्यवस्था रहेको)
  • गैरआवसीय नेपाली नगरिकलाई पनि दोस्रो बजारमा सहज रुपमा शेयर कारोबार गर्ने व्यवस्था अविलम्ब गरिनुपर्ने।
  • यसै बजेटमार्फत पुँजीगत लाभकरलाई अन्तिम कर हो भनि प्रस्ट पार्नुपर्ने। बजारमा हाल साना लगानीकर्ताको मनोबल बढाउनका लागि सरकारी संस्थानहरुमा विभिन्न कोषका नाममा रहेको रकमलाई दोस्रो बजामा लगानी गर्न सहज रुपमा लगानी गर्ने वातवरण बनाइनुपर्ने।
  • बजारले धितोपत्र हस्तान्तरणको पूर्ण ग्यारेन्टी दिन नसकेको परिप्रेक्ष्यमा बिक्री गरी धितोपत्र हस्तान्तरण गर्न नसक्दा सिधै क्लोज आउटमा लगिने व्यवस्थाले लगानीकर्ता मारमा पर्ने भएकाले यसलाई समाधान गर्न अक्सन मार्केटको यथाशीघ्र सुरआत गरिनुपर्ने।
  • सेटलमेन्ट ग्यारेन्टि फन्डको प्रयोगका लागि २०७५ सालमा विनियमावली र २०७९ सालमा कार्यविधि बनेको छ। सो कार्यविधि विगत लामो समयदेखि कार्यान्वयनमा आउन नसकेका कारण नियामक निकायहरुलाई आवश्यक निर्देशन दिनुहुन अनुरोध गर्दछौँ।

नयाँ सरकार र अर्थमन्त्री बनेपछि बजारमा पनि नयाँ आशा र अपेक्षा धितोपत्र दलाल व्यवसायी र लगानीकर्तामा रहेको ज्ञापनपत्रमा उल्लेख छ। ‘आजको मितिसम्म धितोपत्र दलाल व्यवसायीहरुले अनेकौँ समस्या व्यहोर्दा व्यहोर्दै पनि दोस्रो बजारप्रति आफ्नो कर्तव्य र दायित्व बहन गर्दै आएका छन्’, ज्ञापनपत्रमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS