IME Life New

ब्रोकरको मर्जरसम्बन्धी निर्देशिका जारी, सम्पत्ति तथा दायित्व मूल्यांकनमा यस्ता व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी (स्टक ब्रोकर)को मर्जरसम्बन्धी निर्देशिका जारी गरेको छ।

केही दिनअघि सेबोनको बोर्डबाट पारित भएको धितोपत्र व्यवसायी गाभ्ने÷गाभिने वा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०८१ सार्वजनिक गरिएको हो। मर्जरमा जान चाहने ब्रोकरले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को दफा ७ (क)बमोजिम धितोपत्र बोर्डको स्वीकृति लिएर अर्को ब्रोकरलाई प्राप्ति वा मर्ज गर्न सकिने व्यवस्थाबमोजिम हुने निर्देशिकामा उल्लेख छ।

Esewa
Crest

मर्जरमा जान चाहने ब्रोकरले सम्पत्ति तथा दायित्व मूल्यांकन गराउनुपर्ने व्यवस्था निर्देशिकामार्फत गरिएको छ। जसअनुसार धितोपत्र बोर्डबाट सैद्धान्तिक सहमति प्राप्त गरेका ब्रोकरले स्वतन्त्र मूल्यांकनबाट आफ्नो सम्पत्ति, दायित्व तथा व्यावसायिक कारोबारको पछिल्लो अवधिको मूल्यांकन (ड्यु डेलिजेन्स अडिट) गराउनुपर्नेछ।

यसैगरी स्वतन्त्र मूल्यांकनकर्ताको मूल्यांकन गर्दा तय गरिउनुपर्ने आधारहरु पनि निर्देशिकामा स्पष्ट व्यवस्था गरिएको छ।

गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने ब्रोकरको गणना गरिएको समायोजित खुद सम्पत्ति (एड्जस्ट नेटवर्थ)लाई ७५ प्रतिशत, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्यांकन (डिस्काउन्टेड क्यास फ्लो) विधि प्रयोग गरी तयारी गरिएको व्यावसायिक (बिजनेस भ्यालुएसन)लाई १५ प्रतिशत र इन्टरनेसनल भ्यालुएसन स्ट्यान्डर्डका आधारमा गणना गरिएको अन्य कुनै एक विधि प्रयोग गरी गरिएको मूल्यांकनलाई १० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।

मूल्यांकन प्रतिवेदनसमेतका आधारमा ब्रोकरको अन्तिम शेयर स्वाप अनुपात निर्धारण गर्नुपर्ने र त्यस्तो शेयर स्वाप अनुपात सम्बन्धित ब्रोकरको सञ्चालक समितिबाट अनुमोदन गराएको हुनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ।

broker merger

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS