IME Life New

वृज हिमालयन स्प्रिङ र एनएमबि क्यापिटलबीच संस्थागत परामर्श कार्यका लागि सहकार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रिमियम पिउने पानी उद्योगमा नयाँ ब्राण्ड निर्माण गर्दै व्यवसाय विस्तार गर्ने उद्देश्यसहित वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले एनएमबि क्यापिटल लिमिटेडसँग संस्थागत परामर्श कार्यका लागि सहकार्य गर्ने भएको छ। एनएमबि क्यापिटललाई कम्पनीले आधिकारिक संस्थागत परामर्शदाता नियुक्त गरेको हो।

यस सहकार्य वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडको निम्ति प्रिमियम पिउने पानि उद्योगमा एक स्थापित ब्राण्ड बनाइ व्यवसायको वृद्धि, विस्तार तथा विकासको दीर्घकालिन लक्ष्य प्राप्तिका लागि एक महत्वपूर्ण कदम रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एनएमबी क्यापिटलको संस्थागत परामर्श सेवाहरू जस्तै पूँजी पुनः संरचना तथा वित्तीय परामर्श सेवा लगायतविभिन्न रणनीतिक साझेदार भित्र्याउने सिलसिलामा चाहिने परामर्श सेवा कम्पनीलाई दिइ व्यवसायलाई थप विस्तार र सुदृढ गर्न सहयोगी भूमिका निर्वाह गर्ने जनाएको छ ।

Esewa
Crest

यस यात्रामा एनएमबी क्यापिटल लिमिटेडले वित्तीय परामर्श र कम्पनीको विकासका लागि आवश्यक पूँजी पुनः संरचनामा सहयोग गर्नेछ । हाल यस कम्पनीले “पूर्ण” ब्राण्डमा १ लि., ५०० मि.लि., २५० मि.लि को बोत्तलमा मिनरल पानी तथा २० लि. को जारमा शुद्ध प्रशोधित पानी उत्पादन गरिरहेको छ ।

‘एनएमबी क्यापिटल लिमिटेडलाई हाम्रो वित्तीय परामर्श साझेदारको रूपमा पाएर हामी अत्यन्तै खुसी छौँ । केडिया अर्गनाइजेसन अन्तर्गतको हाम्रो यो नयाँ परियोजनालाई अझ अगाडि बढाउन र विकास गर्न उहाँहरूको अनुभव र ज्ञान महत्वपूर्ण हुनेछ । यो सहकार्य हाम्रा सरोकारवालाहरूलाई उच्च प्रतिफल प्रदान गर्न हामी प्रतिबद्ध भएको प्रमाण समेत हो ’ वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक सत्यम केडियाले सहकार्यबारे बोल्दै भने ।

एनएमबी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले यस सहकार्यप्रति उत्साह व्यक्त गरे, ‘वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडसँगको सहकार्यले उत्पादनक्षेत्रमा नयाँ उद्यमहरूलाई सहयोग गर्ने एनएमबी क्यापिटलको लक्ष्य अनुसारनै कार्यगर्न अवसर पाएकोमा उत्साहित छौं । हामी वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडको वृद्धि र विकासको योजनालाई सफल पार्न सहयोग गर्ने छौँ ।’ वैद्यले भने ।

केडिया अर्गनाइजेसनको नयाँ परियोजनाको रूपमा वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले पिउने पानी उद्योगमा नयाँ पहिचान बनाउने लक्ष्य लिएको छ । मनोज केडियाको नेतृत्वमा रहेको केडिया अर्गनाइजेसनले विगतमा वित्तिय, बिमा, उत्पादनमूलक उद्योग (सिद्वार्थ बैंक, सिद्वार्थ प्रिमियर इन्स्र्योरेन्स लि, सिद्वार्थ क्यापिटल लि, सानिमा रिलायन्स लाइफ इन्स्र्योरेन्स, अवसर इक्विटी, वृज सिमेन्ट, श्री स्टीलस, अर्घाखाँची सिमेन्ट, वृज एडिटिभ्स, वृज ग्लास, एसिएन कंक्रिटो) सहित विभिन्न व्यावसायहरु सफलतापूर्वक सञ्चालन गरी शेयरधनीहरुलाई उच्चतम प्रतिफल प्रदान गर्न सफल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS