IME Life New

बीपी राजमार्गको खुर्कोट-भकुन्डेबेसी खण्ड साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीपी राजमार्गको खुर्कोट–भकुन्डेबसी खण्डमा आज वैशाख २२ गतेदेखि लागू हुने गरी साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रुपमा रोक लगाइएको छ।

काभ्रे जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनपछि काभ्रे र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरुबीचको छलफलपछि जिल्ला सुरक्षा समितिको बैठकले खुर्कोट–भकुन्डेबसी खण्डमा राति सवारीसाधन चलाउन नदिने निर्णय गरेको हो। यो निर्णय अर्को सूचना प्रकाशित नभएसम्मका लागि लागू हुने काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।

Esewa
Crest

त्यस्तै उक्त अवधिपश्चात पनि वर्षा, रोशीखोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अल्पकालीन अवधिका लागि रोक लगाउन सकिने निर्णय भएको प्रजिअ अधिकारीले बताए।

निर्माणाधीन बीपी राजमार्गको २८ किलोमिटरभन्दा लामो खण्ड रोशीखोलासँग जोडिएको छ। २०८१ असोज १०–१२ को वर्षापछि रोशी खोलामा आएको भेलबाढीले बीपी राजमार्ग क्षतविक्षत बनाएको थियो। हाल अस्थायी डाइभर्सनबाट सवारी आवागमन चलाइएको छ। स्थायी पुनर्निर्माणको काम पनि भइरहेको छ।

अहिले पनि थोरै वर्षा हुँदा पनि रोशीमा भेलबाढी आएर सवारी आवागमन प्रभावित हुने गरेको छ। रोशी गाउँपालिका–७ घुमाउने चारसयबेंसीस्थित रोशीखोलामा सोमबार आएको भेल बाढीमा ५ वटा सवारी फसेका थिए। ‘फस्न पुगेका यात्रुहरुलाई रात्रिको समयमा उद्धार गर्न ज्यादै कठिनाइ हुन गई ८९ जनाको ज्यान नै जोखिममा पर्ने अवस्था सिर्जना भएको घटना तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन समेतलाई मध्यनजर गरी यो निर्णय गरिएको हो’, प्रजिअ अधिकारीले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS